गृहपृष्ठ Featured लियो क्लव अफ कपिलवस्तुको अध्यक्षमा भण्डारी, सचिवमा सापकोटा चयन

लियो क्लव अफ कपिलवस्तुको अध्यक्षमा भण्डारी, सचिवमा सापकोटा चयन

वैखरी अनलाइन
लियो क्लव अफ कपिलवस्तुको अध्यक्षमा पाण्डव भण्डारी चयन भएका छन । बाणगंगाको बैरीयामा रहेको लायन्स क्लव अफ कपिलवस्तुको सचिवालयमा भएको  चौथो अधिवेशन तथा पद हस्तान्त्रण कार्यक्रमबाट भण्डारी अध्यक्षमा चयन भएका हुन ।

त्यस्तै प्रथम उपाध्यक्षमा भिम प्रसाद भट्टराई , द्धित्तिय उपाध्यक्षमा सागर बञ्जाडे, तृत्तिय उपाध्यक्षमा प्रविन गौतम, सचिवमा लक्ष्मण सापकोटा, सहसचिवमा दिपक आर्चाय, कोषाध्यक्षमा प्रकाश सापकोटा, सह कोषाध्यक्षमा मधुसुदन गन्र्दभ लगायत अन्य सदस्यमा रहेका छन । त्यस्तै अध्यक्षको सल्लाहकारमा पदम पौडेल र सलिना नेपाल र क्लवको सल्लाहकारमा मदन पौडेल मनोनित भएका छन ।

सन २०२१÷२२ का लागी छनोट भएको नेतृत्वका लागी लायन्स क्लव कपिलवस्तुका अध्यक्ष धातानद भुसाल, प्रथम उपाध्यक्ष केशब सापकोटा, लियो कोडीनेटर ओप प्रकाश घिमिरे, कोषाध्यक्ष नवदत्त घिमिरे, र लियो क्लव अफ कपिलवस्तुका निबर्तमान अध्यक्ष मदन पौडेलले शुभकामना मन्तब्य राखेका थिए ।

 

सम्बन्धित् समाचार