वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा रहेको लक्ष्मणघाटको शव दाह ब्यवस्थापनका लागी बुद्धभुमी नगरपालिकाले २० लाख रुपैया बिनियोजन गरेको छ । देशका बिभिन्न जिल्लाबाट शव दाहका लागी आउने मासिन घाट ब्यवस्थित नहुदा समस्या भोग्दै आएका थिए ।
बुद्धभुमी नगरपालिकाका अधिंकाश मानिसको मृत्युपछि दाह सस्कारका लागी लक्ष्मणघाट लैजाने तर ब्यवस्थित नभएकाले समस्या भोगेको गुनासो आएपछि २० लाख रुपैया बिनियोजन गरिइएको बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
यो दुनियामा अमर कोही छैन, सबै एक दिन मरेर जानु छ भन्दै श्रेष्ठले दाह सस्ंकार ब्यवथापन गर्न आवश्यक रहेको बताए ।
अन्तीम संस्कारका लागी जाने मलामीले बर्षौदेखि दुख भोग्दै आएको आफुले देखेको बताउदै मेयर श्रेष्ठले सो समस्या आफुले पनि पटक पटक भोगेको पनि अनुभव सुनाउदै सबै मिलेर घाटलाई ब्यवस्थित बनाउन आग्रह गरेका छन ।
यता आफनै नगरभित्र रहेको लक्ष्मणघाट दाह सस्कार ब्यवस्थापनका लागी बाणगंगा नगरपालिकाले भने मात्र १० लाख रुपैया बिनियोजन गरेको छ ।








