गृहपृष्ठ खबर कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, ब्राजिल १-० ले पराजित

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, ब्राजिल १-० ले पराजित

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान भएको फाइनलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

खेलको २२औँ मिनेटमा डी मारियाको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । डी पौलको असिस्टमा मारियाले गोल गरेका हुन् ।

मारियाको उक्त गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले उपाधि जितेको हो । यसअघि ४ पटक फाइनल पुगेर उपाधि नजितेको अर्जेन्टिनाले ५औँ पटकको फाइनलमा भने जित निकालेकाे हाे ।

सम्बन्धित् समाचार