गृहपृष्ठ Featured विपक्षी गठबन्धनले देउवा नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयत्न गर्ने

विपक्षी गठबन्धनले देउवा नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयत्न गर्ने

विपक्षी गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा सोमबार बसेको बैठकले देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने निर्णय गरेको हो ।

उनीहरूले सर्वोच्चको फैसलाले संवैधानिक सर्वोच्च स्थापित गरेको भन्दै अदालतलाई धन्यवाद ज्ञापन पनि गरेका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सर्वोच्चको फैसलाको स्वागत गर्दै देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय भएको बताए ।

‘बैठकमा पाँचै जना नेताहरूले सर्वोच्चको फैसलाको स्वागत गर्नुभएको छ । देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयत्न गर्ने उहाँहरूको भनाइ छ,’ उनले भने ।

देउवा नेतृत्वको मन्त्रिपरिषद् सुरुमा सानो आकारको बनाउने र पछि सबैको सहभागितामा थप्दै जाने निर्णय भएको खाँडले भने । बैठकपछि कुरा गर्दै माओवादी केन्द्रका नेता देव गुरुङले पनि सर्वोच्चको फैसलालाई स्वागत गर्दै देउवा नेतृत्वको सरकारलाई सहयोग गर्दै निर्वाचनसम्मै विपक्षी गठबन्धनको सहकार्यलाई मजबुद बनाउने विषयमा छलफल भएको बताए ।

सम्बन्धित् समाचार