विष्णु खत्री / असार ३०, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा कन्चन खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
नगरको वडा नं. १० र ११ अन्तर्गत पर्ने कन्चन खोलाले बगाउँदा वडा नं. १० पानबारी निवासी ९ वर्षीय गंगा पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार अर्का एक जना वेपत्ता छन् । उनको परिचय खुलेको छैन ।
वुधवार खोलामा खेल्ने क्रममा दिउँसो साढे २ बजेतिर एक्कासी बाढी आउँदा उनीहरुलाई बगाएको थियो ।
मृत भेटिएकी बालिकालाई पोस्टमार्टमाका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।







