गृहपृष्ठ खबर  कपिलवस्तुको कृष्णनगर ८ लोहरौलाबाट दुई मोटरसाइकल चोरी

 कपिलवस्तुको कृष्णनगर ८ लोहरौलाबाट दुई मोटरसाइकल चोरी

कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहरौलाबाट दुई मोटरसाइकल चोरी भएको छ । एक हप्ताको अन्तरालमा दुई मोटरसाइकल चोरी भएको छ ।

लोहरौलाका अब्दुल सलाम मुसलमानको मोटरसाइकल नं लु २२ प १२३५ र मुबारक हुसेन शाहको मोटरसाइकल लु १८ प ८६७६ हराएको प्रहरी कार्यालय बहादुरगन्जले जनाएको छ ।

फरक फरक मितिमा हराएको मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी कार्य जारी रहेको प्रहरी कार्यालय बहादुरगंजले जानकारी दिएको छ ।

हप्तैपिच्छे मोटरसाइकल चोरीको घटनाले स्थानीय नागरिक त्रसित भएको स्थानीय शाह नावाब खानले बताउनुभयो । घरमा रोकिराखेको मोटरसाइकल चोरी हुन थालेपछि स्थानीयले प्रहरीलाई सावारीसाधनको सुरक्षा गर्न प्रहरीलाई आग्रह गरेका छन ।

सम्बन्धित् समाचार