नेपालमा थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ७४०, ललितपुरमा १५५ र भक्तपुरमा ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।








