गृहपृष्ठ Featured काठमाडौं आइपुगे अफगानिस्तानबाट उद्धार गरिएका नेपाली

काठमाडौं आइपुगे अफगानिस्तानबाट उद्धार गरिएका नेपाली

अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगेका छन् । अहिले केहीबेरअगाडि उनीहरू सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलका प्रहरी प्रमुख एसएसपी राजेश बास्तोलाका अनुसार उनीहरूलाई एयर जर्जियाको विमानबाट काठमाडौं ल्याइएको हो ।

अफगानिस्तानबाट कुबेत हुँदै उनीहरूलाई नियमित उडानबाट काठमाडौं ल्याइएको हो ।

सम्बन्धित् समाचार