गृहपृष्ठ Featured कोरोनाको कारण थप ३० को मृत्यु, १४२४ संक्रमित थपिए

कोरोनाको कारण थप ३० को मृत्यु, १४२४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने १ हजार ४२४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सात हजार ७०३ जनाको पीसीआर परीक्षणमा एक हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६५१ जनामा संक्रमण देखिएको छ ।

एन्टिजेन र पीसीआर परीक्षण गर्दा भने नयाँ संक्रमितको संख्या  २ हजार ७५ हुन्छ । यही अवधिमा २ हजार ३८२ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर हालसम्म ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले उल्लेख गरेको छ ।

सम्बन्धित् समाचार