गृहपृष्ठ Featured आज देशभर मौसम बदली रही धेरै स्थानमा पानी पर्ने

आज देशभर मौसम बदली रही धेरै स्थानमा पानी पर्ने

आजदेशभर बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

अहले देशभर बदली रही  प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमलगायत प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

भोलि अधिकांस भू-भागमा बदली रही धेरै स्थानमा पानी पर्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

भोलि राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । भोलि राति गण्डकी प्रदेशका एक/दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार देशका अधिकांस भू-भागमा बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान भारी वर्षा हुनेछ । गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ । जसका कारण पहिरो जाने एवं नदिनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

सम्बन्धित् समाचार