गृहपृष्ठ खबर ला लिगाको शीर्ष स्थानमा सेभिया

ला लिगाको शीर्ष स्थानमा सेभिया

काठमाडौं : इरिक लामेलाले इन्जुरी समयमा गोल गरेपछि सेभिया स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा पाहुना टिम सेभियाले गेटाफेलाई १–० गोलले हरायो।

ला लिगामा सेभियाको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा सेभियाले रायो भालेकानोलाई ३–० गोलले हराएको थियो। गेटाफेको घरेलु मैदान कोलिसेउम अल्फोन्सो पेरेज स्टेडियममा खेलिएको प्रतिस्पर्धात्मक खेलमा सेभियाले दोस्रो हाफको इन्जुरी समयमा पुगेर गोल निकालेको थियो। सेभियाको कठिन जितमा इरिक लामेला नायक बने।

२९ बर्षीय लामेला यसैबर्ष इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामबाट सेभिया आएका हुन्। उच्च लयमा रहेका उनले जारी लिगको दुई खेलमा ब्यक्तिगत तीन गोल गरिसकेका छन्। लामेलाले रायो भालेकानोविरुद्ध दुई गोल गरेका थिए।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सेभियाले दुई खेलबाट ६ अंक बनाएको छ। समान ६ अंक भएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। तेस्रो स्थानको रियल म्याड्रिड र चौथो स्थानको बार्सिलोनाको समान ४-४ अंक छ।

लगातार दोस्रो हार खेपेको गेटाफे अंकबिहिन बन्दै १८औं स्थानमा छ। पहिलो खेलमा गेटाफे भ्यालेन्सियासँग १–० गोलले नै पराजित भएको थियो।

सम्बन्धित् समाचार