गृहपृष्ठ खबर टोकियो पाराओलम्पिकमा नेपालबाट पलेशा सहभागि हुँदै

टोकियो पाराओलम्पिकमा नेपालबाट पलेशा सहभागि हुँदै

काठमाडौं : टोकियो पाराओलम्पिक खेलकुद आजदेखि सुरु हुँदैछ । ओलम्पिक सकिएको एक महिनाभित्रमा अपांगता भएकाहरुका लागि पाराओलम्पिक खेल आयोजना हुने गरेको छ ।

यो प्रतियोगिता १३ दिनसम्म चल्नेछ । यस पटकको पारा ओलम्पिकमा २२ खेल समावेश गरिएको छ । १ सय ६० देशका ४ हजार ५ सयभन्दा बढी खेलाडीहरुले सभागिता जनाउँदैछन् ।

पारा ओलम्पिकको यो संस्करणमा ब्याडमिन्टन र तेक्वान्दो पहिलोपल्ट समावेश गरिएको हो । पाराओलम्पिकमा नेपालबाट एकजना खेलाडीको सहभागिता रहेको छ ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियोमा नेपालले प्रतिनिधित्व गर्दैछिन् ।

सम्बन्धित् समाचार