गृहपृष्ठ Featured बाणगंगाको बनगाई लागु औषधको ट्रान्जिट पोइन्ट बन्दै, प्रहरीको निगरानी बढाउन माग

बाणगंगाको बनगाई लागु औषधको ट्रान्जिट पोइन्ट बन्दै, प्रहरीको निगरानी बढाउन माग

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ७ अहिले लागु औषध प्रयोगकर्ताका लागी ट्रान्जिट पोइन्ट बन्दै गएको छ । लागु औषत प्रयोगकर्ताले लागुऔषध किनेबच र सेवनका लागी अहिले सबैभन्दा सुरक्षित स्थानका रुपमा वडा नः ७ लाई छानेपछि यतीबेला वडा नः ७ लागु औषधको ट्रान्जिट पोइन्ट बन्दै गएको हो ।
लागु औषधको लागु पोइन्ट बनेपछि यतीँबेला त्यहाँ चोरीका घटनामा समेत बृद्धि भएको छ । दिनभरी लागुऔषध सेवन गर्ने रात परेपछि उनीहरुनै चोरी गर्ने गरेको स्थानिय बताउछन । अहिले वडा नः ७ मा लागु औषध किनबेच तथा सेवन गर्न बुद्धभुमी, कपिलवस्तु, शिवराज नगरपालिकासहित रुपन्देहीको सैनामैनाबाट पनि आउने गरेका छन ।

 

यसैबिच स्थानिय युवाहरुको सक्रियतामा प्रहरीलाई निगरानी बढाउन आग्रह गरेका छन । आज बनगाईमा भेला भई पछिल्लो समय चोरीका घटना बढ्नुका साथै लागु औषध प्रयोगकर्ताले समाजमा बिकृति बढदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै निगरानी बढाउन आग्रह गरिएको बनगाईका युवा समाजसेवि कुमार खडकाले बताए ।
बसेको बैठकले गरेको निर्णय यस्तो छ ।

 

यस बिषयमा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरुङले प्रहरी आफै लागुऔषध प्रयोगकर्तालाई प्रकाउ गर्न निरन्तर लागी रहेको बताउँदै त्यस्तो घटना भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन ।

सम्बन्धित् समाचार