गृहपृष्ठ Featured हिजोदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन

हिजोदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन

पाल्पा- निरन्तरको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिदार्थ राजमार्गको पाल्पा खण्ड अझै खुल्न सकेको छैन ।

हिजो बिहान तासेन नगरपालिका वडा नं–८, तल्लो डुम्रेमा खसेको पहिरो हटाउन समस्या भएपछि तानसेन वुटवल सडकखण्ड अवरुद्ध भएको छ । यस्तै सोही सडकखण्डको अन्य स्थानमा समेत साना ठूला पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदै आएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

डुम्रेमा खसेको पहिरो पन्छाएर सडक खोल्न आइतबार रातिसम्म प्रयास गरेको भएपनि पुनः पानी परेका कारण समस्या भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताउनुभयो । अहिले पनि पहिरो पन्छाउने प्रयास जारी रहेको र पानी नपररेमा दिउसोदेखि एकतर्फी रुपमा सवारी पास गराउने तयारी भएको पनि सूचना अधिकारी खत्रीले बताउनुभयो ।

यस्तै सोही राजमार्गको बर्तुङ्ग राम्दी खसडकखण्डको रम्भा गाउँपालिका ३ स्थित सीता पहाडमा समेत पहिराले राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन पालपाले अवरुद्ध भएका सबै सडक खुलाउने प्रयास जारी रहेको जनाउदै आएको छ ।

सम्बन्धित् समाचार