गृहपृष्ठ खबर जिम्बावेका सिकन्दर राजाले इपिएल खेल्ने

जिम्बावेका सिकन्दर राजाले इपिएल खेल्ने

काठमाडौं : जिम्बावेका ब्याट्सम्यान सिकन्दर राजाले एभरेस्ट प्रिमियर लिग ९इपिएल० टिम विराटनगर वारियर्सबाट खेल्ने भएका छन्।उनीसँग यो सिजनका लागि सम्झौता भएको विराटनगरले जनाएको छ।

जिम्बावेका लागि १०५ एकदिवसीय, १७ टेस्ट र ४२ टी२० खेलेका उनीसँग पाकिस्तान सुपर लिग र क्यारेबियन प्रिमियर लिग खेलेको अनुभव पनि छ।

चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ। प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।

जसमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन्।

सम्बन्धित् समाचार