एजेन्सी : अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड नजाने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।
यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ ।
यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् ।








