वैखरी अनलाइन :कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना३ ख ५९०९ नः ट्रकसगं सोही दिशाबाट आएको लु २७ प ६९३ नः को मोटरसाइकल एक आपसमा ठोकीदा एक जनाको मृत्यु भएको हो ।
गत राती करिव ११ बजेर ५० मिनेटको समयमा बाणगंगा ४ बुङचीमा सवारी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
मृत्यु हुनेमा पाल्पा रैनादेवि गाउपालिका ५ बस्ने बर्ष २६का बिनोद सुनार रहेका छन । मोटरसाइकलमा सवार अन्य २ जना घाइते भएका छन । घाइतेहरुको बुटवलमा उपचार भई रहेको छ ।
घाइते हुनेमा पाल्पा सोही स्थानका प्रदीप बराल र अर्घाखाची २ का सुरेन्द्र सुनार रहेका छन । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी बताएको छ ।







