गृहपृष्ठ खबर जितका लागि भारतविरुद्ध खेल्छौं– अल्मुताइरी

जितका लागि भारतविरुद्ध खेल्छौं– अल्मुताइरी

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेल जितका लागि खेल्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार आयोजना गरेको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले नेपाल भारतविरुद्ध जित्नको लागि खेल्ने बताए ।

नेपालका लागि ७३ औं खेल खेल्न लागेको कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारीरिक हिसाबमा तयार रहेको बताए ।

यस्तै भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रीपूर्ण खेल सहज नहुने बताएका छन्

प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल जहिले पनि नेपाल बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केही परिवर्तन देखिए पनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए ।

सम्बन्धित् समाचार