गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा जितपुरमा उपसमिति गठन, संयोजकमा पौडेल

कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा जितपुरमा उपसमिति गठन, संयोजकमा पौडेल

वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंले चार नम्बर जितपुरमा क्षेत्रगत उपसमिति गठन गरेको छ । ब्यापारीहरुलाई एकजुट गराउन र तीनका समस्या समाधान गर्न सहज होस भन्नका लागी कपिलवस्तु उद्योग बाणिज्य सघंले चार नः जितपुरमा क्षेत्रगत उपसमिति गठन गरेको हो ।

सघंले अहिलेसम्म पिपरा, वैरीया, गजेहडा, ओदारी, बोडगाउमा उप समिति गठन गरी सकेको छ भने एक कार्यक्रमकाबिच चार नम्बर जितपुरमा उपसमिति गठन गरिएको छ । स्थानिय युवा ब्यवसायी खेमराज पौडेल संयोजक, मुक्तीराम कडेल सचिव रहने गरी १३ सदस्य उपसमिति गठन गरिएकोछ । जसको सदस्यहरमा सिता रुचाल, लक्ष्मी घिमिरे, मदन ढुङगाना, टेकराज भुसाल, शालिकराम आर्चाय, भोजराज पौडेल, बिश्व पौडेल, धुर्व रसायली, टिकाराम घिमिरे, यम बहादुर क्षेत्री र केशव खनाल रहेका छन ।

 

कार्यक्रम कपिलवस्तु उद्योग बाणिज्य सघं चार नम्बर जितपुरका क्षेत्रगत सदस्य कृष्ण चालिसेको अध्यक्षता, सघंका अध्यक्ष डोलकराम घिमिरेको प्रमुख आथित्यता र सचिव खिमानन्द पौडेल( कोपिल)को सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच कपिलवस्तु उद्योग बाणिज्य सघंको पदाधिकारी बैठक पनि सम्पन्न भएको छ । बैठकल गत बिहिबार अविरल बर्षाका कारण भएको क्षतीबारे यकिन गर्न क्षेत्रगत सदस्यहरुलाई जिम्मा दिएको छ । क्षतीबारे बिवरण आएपछि राहातका लागी समेत पहल गर्ने निर्णय भएको सघंका महासचिव मनोज पौडेलले वैखरी अनलाइनलाई बताए । सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, निबर्तमान अध्यक्ष उमानाथ पौडेल, उपाध्यक्ष बिरेन्द्र खाण, खुमानन्द घिमिरे लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार