गृहपृष्ठ खबर रोनाल्डो बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

रोनाल्डो बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरुष फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन्। गएराति सम्पन्न विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गरेका उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन्। यसअघि रोनाल्डोले १०९ गोल गर्दै इरानका खेलाडी अलि डेइसँग सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमै थिए। गएरातिको खेलमा गोल गरेसँगै १११ गोल गरेर अलिलाई पनि पछि पार्दै सर्वाकालिन सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन्।

जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने अलिले सन् २००३ मा हंगेरियन लेजेन्ट फेरेन्क पुस्कासको ८५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गर्दै आफ्नो कीर्तिमान बनाएका थिए। कुल १०९ गोल गरेका उनले ९५ गोल एसियन टिमविरुद्ध गरेका थिए। जसमा माल्दिभ्सविरुद्ध सर्वाधिक ८ गोल र लेबनानविरुद्ध ६ गोल गरेका थिए।

विश्वकप छनोट अन्तर्गतको समूह ए को खेलमा पोर्चुगलले आयरल्याण्डलाई २(१ ले हराएको थियो। खेलको १५ औं मिनेटमै रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगलले अग्रता बनाउने अवसर गुमाएको थियो। उता आयरल्याण्डका जोन एगनले ४५ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा आयरल्याण्ड एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने पोर्चुगल खेलमा फर्कन सफल भयो। खेलको ८९ औं मिनेट र इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै पराजयको निकट पुगेको खेलमा आफ्नो जित सुरक्षित गर्न सफल रहे।

 

सम्बन्धित् समाचार