गृहपृष्ठ खबर पिएसजीद्वारा सिटी पराजित, नयाँ क्लबका लागि मेस्सीको पहिलो गोल

पिएसजीद्वारा सिटी पराजित, नयाँ क्लबका लागि मेस्सीको पहिलो गोल

एजेन्सी : युएफा च्याम्पियन्स लिग फुटबलमा गएराति पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । पिएसजीको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि लियोनल मेस्सी र इद्रिसा गुएले एक एक गोल गरे ।

बार्सिलोनाबाट यसै सिजन पिएसजी आएको अर्जेन्टाइनी स्टार मेस्सीको नयाँ क्लबका लागि यो पहिलो गोल हो । यही समूहको अर्को खेलमा बेल्जीयमको क्लब ब्रुजले जर्मनीको आर।बी लेप्जीगलाई २–१ ले हराएको छ ।

च्याम्पियन्स लिगको समुह बि को खेलमा इंग्लीश क्लब लिभरपुलले पोर्चुगलको एफ।सी पोर्टोलाई ५–१ ले हराउँदा स्पेनको एथ्लेटिको मड्रिडले इटालीको एसी मिलानमाथि २–१ को जित निकाल्यो ।

उता समूह सि को खेलमा नेदरल्याण्ड्सको आयाक्सले टर्कीको बेसिक्तासलाई २–० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले पोर्चुगलको स्पोर्टीङलाई १–० ले पाखा लगायो । गएराति भएको समूह डि का खेलहरुमा मल्दोभाको शेरिफ तिरास्पोलले स्पेनको रियाल मड्रिडलाई उसैको मैदानमा २–१ ले हराउँदा युक्रेनको शख्तर र इटालीको इन्टर मिलानले गोलरहित बराबरीमा चित्त बुझाए ।

 

सम्बन्धित् समाचार