गृहपृष्ठ Featured संघर्षपूर्ण जीत हासिल गर्दै चेल्सी पुनः प्रिमियर लिगको शीर्ष स्थानमा

संघर्षपूर्ण जीत हासिल गर्दै चेल्सी पुनः प्रिमियर लिगको शीर्ष स्थानमा

ब्रेन्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै चेल्सी पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १–० गोलले हरायो ।

खेलमा बेन चिलवेलले पहिलो हाफको अन्त्यमा गरेको एक मात्र गोल निर्णाक बन्यो । पछिल्ला ३ खेलमा उनले क्लब र देशका तीन गोल गर्न सफल भएका छन् । गोलपछि घरेलु टोली ब्रेन्टफोर्डले दोस्रो हाफमा चेल्सीमाथि निरन्तर दबाब राखेको थियो । तर, त्यसलाई रोक्दै चेल्सीले तीन अंक बटुल्न सफल रह्यो ।

शनिबार नै वाटफोर्डलाई पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको थियो । ८ खेलपछि चेल्सीको १९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको १८ अंक रहेको छ । १७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा रहेको ब्राइटनको १५ अंक रहेको छ ।

सम्बन्धित् समाचार