गृहपृष्ठ Featured सेती नदीमा आएको बाढीले पुल बगाउँदा बैतडीका ४० जना अलपत्र

सेती नदीमा आएको बाढीले पुल बगाउँदा बैतडीका ४० जना अलपत्र

काठमाडौं : अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले ४० जना फसेका छन्। डोटी र बैतडी जोडिएको पुल बाढीले ढलाउँदा सिगास गाउँपालिका ढुंगाडका १० परिवारका ४० जना स्कुलमा फसेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।

फसिरहेका मानिसको उद्धारका लागि आफूले पहल गरिरहेको भए पनि अहिलेसम्म उद्धार हुन नसकेको उनले जानकारी दिए।

भने, ‘गाइबस्तुहरु बगे, मान्छेहरु स्कुलमा छन्। सेती नदीमा डोटी र बैतडीबाट जोडिएको पुल ढलेको छ। उद्धारका लागि मैले गृह मन्त्रालय बालुवाटारमा खबर गरेको छु,’ धामीले भने, ‘हेलिकप्टर जाने जाने भनेको छ। मौसमको खराबी भन्दै अहिले उडेको छैन।’

सम्बन्धित् समाचार