गृहपृष्ठ Featured पाल्पामा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

पाल्पामा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

पाल्पा : १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका-११ बस्ने २० वर्षीय प्रेम सुनार रहेका छन् ।

सोही नगरपालिका-४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार