वैखरी अनलाईन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय सदस्यमा ध्रुब बहादुर रायमाझी विजयी भएका छन् । काठमाडौंमा भइरहेको राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा ध्रुब बहादुर रायमाझी विजयी भएका हुन् ।

रायमाझीले आफुलाई केन्द्रिय सदस्यमा विजयी गराउन मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।
महाधिवेशनमा ४ हजार ४ सय मतदाता रहेका थिए ।








