काठमाडौं : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन्। पार्टी केन्द्रीय सदस्यका लागि शनिबार दर्ता गरेको उम्मेदवारी फिर्ताका लागि रिजालले निर्वाचन समितिमा निवेदन दिएका हुन्।
उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कुनै मनसाय नभएको जनाएका छन्। निवेदनमा भनिएको छ, ‘केन्द्रीय सदस्य (दलित खुल्ला)मा मेरो उम्मेदवारी दर्ता देखिएकाले उक्त पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नभएकोले उक्त पदको उम्मेदवारी फिर्ता लिएको अनुरोधका साथ जानकारी गराउँदै मेरो नाम उक्त सूचीबाट हटाइदिनुहोला।’
मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार बिहान ११ बजेसम्म तोकिएको थियो। सोही समयभित्र उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
कांग्रेसको जारी महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली नेपाली वर्णानुक्रमअनुसार दिउँसो १२स्१५ बजे प्रकाशित हुने समितिका समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।








