गृहपृष्ठ Featured चार बुँदे सहमतिपछि रुबी खानले आमरण अनशन तोड्ने (विज्ञप्तिसहित)

चार बुँदे सहमतिपछि रुबी खानले आमरण अनशन तोड्ने (विज्ञप्तिसहित)

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनशनमा बसेकी रुबी खानले आजबाट अनशन तोड्ने भएकी छिन् ।

महिला अधिकार मञ्चले बुधबार विज्ञप्ति जारी गरेर जारी आन्दोलन स्थगित गर्ने र खानले अनशन तोड्न लागेको जनाएको छ । सरकारसँग मंगलबार चारबुँदे सहमति भएपछि उनले अनशन तोड्न लागेकी हुन् ।

सहमतिमा कथंकदाचित न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत खबरदारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित् समाचार