गृहपृष्ठ Featured कपिलवस्तु बुद्धभूमिका टप टेन कर्मचारी नगरसभाबाट सम्मानीत

कपिलवस्तु बुद्धभूमिका टप टेन कर्मचारी नगरसभाबाट सम्मानीत

कपिलवस्तु
कपिलवस्तु बुद्धभूमि नगरपालिकाले आफ्ना १० उत्कृष्ठ कर्मचारीलाई सम्मानित गरेको छ । नगरपालिकाको दशौँ नगरसभाको दोस्रो बैठकबाट सम्मानित गरिएको हो । मायाज इन्टरनेशनल होटेलमा आयोजित सभाबाट दोसल्ला र सम्मानपत्र बाट सम्मानित गरिएको थियो ।

नगरप्रमुख केशव कुमार श्रेष्ठ, उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले कर्मचारीले गरेका योगदानको चर्चा गर्दै सम्मानित गर्नु भएको थियो । सम्मानित हुनेमा कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारी, इन्जीनियर निकिता त्रिपाठी, स्वास्थ्य तर्फ गोकर्ण अर्याल र कमल ज्ञवाली, प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक रविन थारु, योजना शाखाका नबीन खनाल, लेखा शाखाका खुम बहादुर रावत क्षेत्री सवारी चालक फसुराम आचार्य र कार्यालय सहयोगी विष्णु थारु रहेका छन् ।

सम्बन्धित् समाचार