गृहपृष्ठ Featured जिम्बाब्वेसँग खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा, को–को परे ?

जिम्बाब्वेसँग खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा, को–को परे ?

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाब्वेविरुद्ध हुने एक दिवसीय र टी–२० खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा शुक्रबार बिहान गरेको हो । नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने बताएको छ ।

नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी–२० खेल खेल्ने छ । ५० ओभरको सिरिज १७–२१ वैशाखसम्म चल्ने छ । टी–२० सिरिज २३–२६ वैशाखसम्म हुने छ ।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला

सम्बन्धित् समाचार