कपिलवस्तु नगरपालिकाका नव निर्वाचित मेयर सुदिप पौडेलले मेयर पदको पत्र प्रमाण पत्र ग्रहण गर्नुभएको छ । आज एक कार्यक्रमका बीच पौडेलले र पदको पत्र प्रमाण पत्र ग्रहण गर्नुभएको हो ।
नव निर्वाचित मेयर, उप-मेयर सहित ६२ जना पदाधिकारीहरुले प्रमााण् पत्र बुझेका छन् ।
कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको हो । पौडेलले ११ हजार ९०६ मत प्राप्त गरेका छन्। पौडेलले एमालेबाट प्रमुखको उम्मेदवार बनेका डा राजेश गुप्तालाई तीन हजार १२४ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्। गुप्ताले ८ हजार ७८२ मत पाएका छन्।
त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता निर्वाचित भएकी छन्। उनले ९ हजार ५७० मत प्राप्त गरी विजयी भएकी हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेकी तुलसा पाण्डेय गैरेले ९ हजार ३७९ मत प्राप्त गरेकी छन्। कपिलवस्तुका वडामा भने कांग्रेसले धेरै सिट जितेको छ।
वडा नम्बर ३ ,५, ८, १० र १२ मा कांग्रेसले जितेको छ। वडा नम्बर २, ४, ६ र ९ एमालेले जितेको छ। वडा नम्बर १, ११ र ७ मा जसपाले जितेको छ।








