गृहपृष्ठ Featured रोहिणीमा भएको बस दुर्घटनाप्रति मुख्यमन्त्री केसीले गरे दुःख ब्यक्त

रोहिणीमा भएको बस दुर्घटनाप्रति मुख्यमन्त्री केसीले गरे दुःख ब्यक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले रुपन्देहीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्नुभएको छ । एक शोक बक्ताब्य जारी गरेर उहाँले बस दुर्घटनामा ९ जना नागरिकको असामयिक दुखद निधनले प्रदेश सरकारलाई दुःखित एवम् मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

मुख्मन्त्री केसीले मृतकप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतआत्माको चीरशान्तिको कामना गर्दै मृतकका शोकसनतप्त परिवारजनप्रति गहिरो सवेदना व्यक्त गर्नुभएको छ।

आज विहान साढे ४ बजे जनपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका स्थित रोहिणी पुलबाट खोलामा खसेको थियो ।

बस खोलामा खस्दा ९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।

सम्बन्धित् समाचार