वैखरी अनलाइन, महाराजगञ्ज संवाददाता
कपिलवस्तु जिल्लाको महाराजगञ्ज ११ मा यतीबेला तिवारी परिवार चर्चामा छ । तिवारी परिवारको त्यस क्षेत्रमा बर्षौदेखि हाली मुहाली चल्दै आएको छ ।
कुनै एक समय तिवारी परिवारको नाम लिना साथ सबैले गन्यमान्य भन्दै उनको परिवारबाट बोलीएका कुरा कानुन जस्तै हुन्थ्यो । तर सम्मानको दम्भमा परिणत हुदा परिवारको दादागिरि र मनपरिले त्यो साख गुमेको छ ।
परिवार पक्षको मनपरि प्रवृति, भ्रष्टाचार किर्ते काण्डदेखि दादागिरि शैलीका कारण तिवारी परिवार अहिले बदनाम हुदै गएको हो । जसका कारण गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा समेत वडाध्यक्ष पदमा उठेका तिवारी परिवारका प्रमुख जग्दीश प्रसाद तिवारी नराम्रोसगं हार ब्यहोर्न बाध्य भए ।
पहिलो काण्ड
वडासदस्यमाथि हातपात
महाराजगन्ज नगरपालिका ११ बनगाई स्थित झिन्ना माध्यमिक विद्यालयमा अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले निर्वाचित जनप्रतिनिधि माथि हातपात गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले विद्यालयमा अनुगमन गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक रुद्रेश नाथ तिवारी, शिक्षक योगेश नाथ तिवारी र शिक्षक प्रवीण तिवारीले वडा सदस्य अवधेश यादव माथि हातपात गरेका हुन् ।
महाराजगन्ज ११ का वडा सदस्य यादव माथि हातपात गर्ने तिनै जान तिवारीहरु दाजुभाइ हुन् । विद्यालयमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोली विद्यालय अनुगमन गर्न पुगेको थियो । अनुगमन गर्न किन आएको भन्दै यादव माथि हातपात गरेको पीडित यादवले बताए ।
विहिबार दिउँसो करिब २ बजे शिक्षकहरुले यादव माथि विद्यालय परिसर मै हातपात गरी लगाएको टिसर्ट च्यात्ति दिएको महाराजगन्ज ११ का अर्का वडा सदस्य राधेश्याम कुर्मीले बताए । अनुगमनका क्रममा विद्यालयका शिक्षक अस्वनि कुमार तिवारीले अनुगमन टोलीलाई गालि गलौज गरी वडा सदस्य अवधेश यादव माथि हातपात गरेको अनुगमनमा सहभागी सुनिल केसीले जानकारी दिए ।
अनुगमन कार्यमा अख्तियार कार्यालयका बाबुराम न्यौपाने सहित ३ जना, महाराजगन्ज नगरपालिकाका ४ जना प्राविधिक इन्जिनियर , ११ नं वडा कार्यालयका अध्यक्ष धर्मेन्द्र कुमार पुरी, वडासद्स्य राधेश्याम कुर्मीको सहभागीता रहेको थियो ।
दोस्रो काण्ड
बिद्यालयको दुई कोठे भवन निमार्णमा अनियमितता
बिद्यालय परिसरमा गत आर्थिक बर्षमा २ बर्षे कोठे भवन निमार्ण कार्य सम्पन्न भएको छ । सो भवनका बिषयमा अख्तीयार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवलमा उजुरी परेपछि एक टोली बिद्यालयमा पुग्यो ।
बिद्यालयमा अख्तीयारको टोली पुगेपछि प्रधानाध्यापक रुद्रेश नाथ तिवारी निकै आत्तीएको अवस्थामा सिसिटिभि फुटेजमा देखिएका छन ।
टोलीलाई सहज रुपमा आफनो काम दिनुको साटो उनले त्यही क्षेत्रका वडासदस्य यादवले आफुले फसाउन खोजेको महशुस गर्छन र हातपात गर्नमा उत्रन्छन । उता बिद्यालयको भवन निमार्णमा कोटेशन बमोजिम सम्पुर्ण काम नभएको अख्तीयारले प्रारम्भीक रिर्पोट निकालेको स्रोतले बताएको छ ।
तेस्रो काण्ड
बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुन नक्कली छोरी बनाईनु ।
बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर बिद्यालयमा आफनो परिवारको बर्जस्व जमाउन गंगेश कुमार चिवारीले एक बालिकालाई किर्ते गरी नक्कली छोरी बनाइ आफु अध्यक्ष बनेको खुल्न आएको हो । बि.स. २०७२ सालमा बिवाह बन्धनमा बाधिएका गंगेश तिवारीले बि.स. २०६४ सालमा जन्म भएकी एक स्थानिय बालिकालाई आफनो छोरी बनाई बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनेको खुल्न आएको हो । यस बिषयमा बुझन खोज्दा तिवारीले सो छोरी मेरै हो भनी जवाफ दिएका छन । आफुलाई बदनाम गराउन केही तत्व लागेको बताउदै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुन आफुले कुनै किर्ते नगरेको दावी गरेका छन ।
चौथो काण्ड
करार नियुक्तिमा आफनै परिवारका सदस्यलाई सेटिङमा बिद्यालयमा जागिर
झिन्ना माविमा तिवारी परिवारका ३ जना सदस्यलाई सेटिङमा नियुक्ति दिइएको पाइएको छ । जसमध्य रुद्रेश नाथ तिवारी प्रधानाध्यापक हुन । उनी करारमा त्यहाँ जागिरे छन । तर सेटिङमा बिद्यालयको प्रधानाध्यापक भएको पाइएको छ ।
नियमानुसार प्रधानाध्यापक थाही जागिर भएको शिक्षकलाई बनाइन्छ तर सेटिङमा त्यहा करारमा रहेका तिवारी परिवारका सदस्य रुद्रेश नाथ तिवारीलाई प्रधानाध्यापक बनाइएको हो । यस बिषयमा बुझन खोज्दा फोन सम्र्पक हुन सकेन । यस बिषउनका साथै २ भाइ समेत सोही बिद्यालयमा शिक्षक जागिरे छन । एक शिक्षक हुन भने अर्का लेखापाल हुन ।








