गृहपृष्ठ Featured बाणगंगामा बस र मोटरसाईकल एक आपसमा ठोकिदाँ एक युवकको मृत्यु

बाणगंगामा बस र मोटरसाईकल एक आपसमा ठोकिदाँ एक युवकको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा बस र मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालकको मुत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका ८ भोेटेपथ भएको उक्त दुर्घटनामा मोटरसाईकल चालक ३२ बर्षीय सुमन थारुको मुत्यु भएको हो । रुपन्देहीको ओमसतिया गाउँपालिकाका उनको उपचारका क्रममा भैरहवास्थित सिटि अस्पतालमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पिपराका दिपक बाबु केसीले जानकारीदिए ।

दाङ तल्सीपुरदेखि पोखरा जादै गरेको ना ७ ख ७३५१ नम्बरको बस र विपरित दिशाबाट गईरहेको लु २० प ५४९४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदाँ दुर्घटना भएको उनले जानकारी दिए ।

उनका अनुसार मोटरसाईकल पछाडि बसेका घाईते ३८ बर्षीय भवनाथ कुवँरको भैरहवामा उपचार भईरहेको छ ।

बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार