गृहपृष्ठ Featured अर्घाखाँचीको शितगंगामा ५ किलो गाँजा सहित एक जना पक्राउ

अर्घाखाँचीको शितगंगामा ५ किलो गाँजा सहित एक जना पक्राउ

अर्घाखाँची ।

अर्घाखाँचीमा लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शितगंगा नगरपालिका–१४ सिमलपानीका ६४ वर्षीय भिम प्रसाद न्यौपाने रहेका छन् ।

न्यौपानेको घरमा गाँजाको कारोबार भएको सुचनाका आधारमा खानतलासि गर्दा ५ किलो गाँजा सहित प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताउनुभयो ।

उनलाई लागू औषध मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट ४ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ ।

सम्बन्धित् समाचार