गृहपृष्ठ Featured बुद्धभूमिमा सुरक्षित आप्रवासन कार्यक्रम सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम

बुद्धभूमिमा सुरक्षित आप्रवासन कार्यक्रम सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम

बुद्धभूमि, वैखरी अनलाईन ।

जिल्लाको बुद्धभूमि नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) सम्बन्धि स्थानीय तहका पदाधिकारी तथा शाखा प्रमुखहरुसंग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । आज मंगलबार नगरपालिकाको सभाहल बुढ्डीमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सामी कार्यक्रम व्यवस्थापक पन्चराम चौधरीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर केशवकुमार श्रेष्ठले नगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सुरक्षित वातावरणमा रोजगारीका अवस्था सिर्जना गराउन यस्ता कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । उनले बुद्धभूमि नगरपालिकाबाट विदेश गएकाको संख्या पत्ता लगाउन गणकहरुलाई तालिम दिई संख्या पत्ता लगाउन नगरपालिका प्रभावकारी ढङ्गले अघि बढ्ने दिशातर्फ उन्मुख रहेको बताए । उनले श्रम स्वीकृत लिएर तथा अध्ययनका लागी गएका नगरवासीको तथ्याङ्क संकलन गर्ने गरि काम अघि बढाउने समेत बताए ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत संचालनमा रहदै आएको प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले जानकारी दिए । उनले यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वय भईरहेको बताए ।
उपसचिव लिल बहादुर राउत क्षेत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रम रोजगार संयोजक रविन चौधरीको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार