कपिलवस्तु ।
व्यवहारिक ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तौलिहवा स्थित सिद्धार्थ बिद्यामन्दिर बोर्डिङ स्कुलमा खान पकाउने प्रतियोगीता गरिएको छ । बोडिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत बिद्यार्थीहरु बिच खानाको परिकार बनाउने प्रतियोगीता गरिएको हो । १२ समुह बनाई खाना पकाउने प्रतियोगीता गरिएको थियो ।
बोडिङ स्कुलका प्राचार्य गुनाखर गैरले बिद्यालयमा स्थापनाकाल देखि अहिले सम्म पहिलो पटक यस्तो प्रतियोगीता गरिएको बताए । उनले बिद्याथीहरुलाई सिप, सामुहिकता र ब्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताए । उनले घरमा आफना आमा बुवालाइृ समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भुमिका खेल्ने बताए ।
शुक्रवारको अतिरिक्त क्रियाकलाप अन्र्गत खाना कार्यक्रम गरिएको हो । १२ समुहले पुलाउ, पनिरको तरकारी , पुडी , दही, मासु सलाद, छोले भुटुरे, सेवई भात, लालमन लगायतका परिकारहरु पकाएर प्रर्दशन गरेका थिए । उनीहरुले प्रतियोगीताकालागि आवश्यक पर्ने भाडा कुडा, सामाग्रीहरु आफै ब्यवस्थापन गरेका थिए । समुह मिलेर बिभिन्न परिकारहरु पकाएर अतिथी, बिद्यालयका शिक्षकहरुलाई परिकारका स्वाद समेत चखाएका थिए । पाहुनाहरुले खाए पछि आफुले समेत खाएका थिए ।
कार्यक्रममा बिदार्थीहरुको उत्साहजन सहभागीता थियो । आफनो जीवनकालमा यस्तो कार्यक्रममा पहिलो पटक सरिक हुन पाउदा बिदार्थीहरु निकै खुशी देखिन्थे । कार्यक्रममा एमाले केन्द्रिय सदस्य साधिका सिद्धिकी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, बरिष्ठ समाजसेबी टिकाराम अर्याल, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष भेषराज पाण्डेय लगायतको टोलीले बिद्यार्थीहरुले बनाएका खानाका परिकारहरु अवलोनकन गरी खान समेत खाएका थिए ।
एमाले जिल्ला अध्यक्ष शर्माले बिदार्थीहरुको यो प्रयास अति राम्रो रहेको बताए । बिद्यालयका निमित्त प्राचार्य विकास अर्यालले बिजयी हुने टोलीलाई बिद्यालयले पुरस्कुत समेत गरिने बताए । बिदालयमा आगामी दिनहरुमा यस्ता ब्यवहारिक र सीपमुलका कार्यक्रम समते संचालन गरिने उनले बताए ।








