वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकामा भोलिदेखि चौथो मेयर कप सुरु हुने भएको छ । बाणगंगा नगरपालिका-२ स्थित जनता मावि पिपराको खेल मैदानमा चौथो मेयर कप भोलिदेखि हुने भएको हो । प्रतियोगितका लागी आवश्यक सम्पुर्ण तयारी पुरा भएको नगर खेलकुद विकास समितिका संयोजक पदम सेनले जानकारी दिए ।
उनले यस क्षेत्रमा साम्भावनाले भरिएका खेलाडी पहिचान गर्दै प्रतिभावान खेलाडी उत्पादनमा मेयर कपले महत्वपुर्ण निर्वाह गर्ने बताए । संयोजक सेनले चौथो मेयर कप ऐतिहासिक सावित हुने समेत दाबी गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र ६ भिड्ने उनले बताए ।
उनका अनुसार मेयर कपको उपाधि जित्नेले नगद रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितीय हुनेले नगद रु.७५ हजारसहित मेडल र प्रमाण पत्र पाउने छ ।
यस्तै मेयर कपको सेमीफाईनलमा पुग्ने टिमले नगद रु.३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।








