गृहपृष्ठ Featured बाणगंगामा चौथो मेयर कप : वडा नम्बर ८ र १० विजयी

बाणगंगामा चौथो मेयर कप : वडा नम्बर ८ र १० विजयी

वैखरी अनलाईन, बाणगंगा ।

चौथो मेयर कप फुटवल प्रतियोगिताको दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा वडा नम्बर ८ ले वडा नम्बर ११ लाई ४-० गोल अन्तरले हराएको छ । सो खेलमा रविन क्षेत्री ‘म्यान अफ दि म्याच’ भए ।

यस्तै दोस्रो खेलमा वडा नम्बर १० ले वडा नम्बर ५ लाई १-० गोल अन्तरले हराएको छ ।

उक्त खेलमा निरज चौधरी म्यान अफ दि म्याचको उपाधि पाउन सफल भए । भोलि शनिबार वडा नम्बर ४ र वडा नम्बर ९ बिच दिउँसो १ बजे पहिलो खेल हुनेछ भने दोस्रो खेल वडा नम्बर २ र वडा नम्बर ६ बिच दिउँसो ३ बजे हुने बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख  खिम बहादुर जिसिले जानकारी दिए ।

हिजो विहिबार उद्घाटन खेलमा वडा नम्बर ६ ले जित निकालेको थियो । वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ६ ले २–० गोल अन्तरले जित हात निकालेको हो ।

मेयर कपको फाइनल चैत्र १ गते हुनेछ । मेयर कपको उपाधि जित्नेले नगद रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितीय हुनेले नगद रु.७५ हजारसहित मेडल र प्रमाण पत्र पाउने छ । यस्तै मेयर कपको सेमीफाईनलमा पुग्ने टिमले नगद रु.३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

सम्बन्धित् समाचार