गृहपृष्ठ Featured लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीद्धारा दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीद्धारा दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले दाबी पेस गरेका छन् । उनले ५३ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमि क शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।

चौधरीलाई कांग्रेससहित, नेकपा (माओवादी केन्द्र), जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)लगायतको समर्थन रहेको छ ।

गएको पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेशसभामा विश्वासको मत पाएनन् । त्यसपछि नयाँ सरकार बन्न लागेको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिएका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।

सम्बन्धित् समाचार