गृहपृष्ठ Featured आज कपिलवस्तु आउँदै राप्रपा अध्यक्ष लिङ्देन

आज कपिलवस्तु आउँदै राप्रपा अध्यक्ष लिङ्देन

वैखरी अनलाईन, बाणगंगा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज शनिबार कपिलवस्तु आउँदै छन् ।

अध्यक्ष लिङ्देन जिल्लाको बाणगंगा नगरपालिका- १ मा अवस्थित मायादेवि रिसोर्ट्मा राप्रपा लुम्बिनी प्रदेश कमिटीले गर्न लागेको प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउन लागेका हुन् ।

राप्रपा केन्द्रिय सदस्य धुर्व रायमाझीका अनुसार अध्यक्ष लिङ्देनसहित पुर्व मन्त्री दिपक बोहरा, पुर्व कानुन मन्त्री ध्रुब बहादुर प्रधान, सांसद धवल शम्शेर राणा लगायतका नेताहरु आउने छन् ।

सम्बन्धित् समाचार