गृहपृष्ठ Featured यशस्वीको कीर्तिमान अर्धशतकमा कोलकाता पराजित

यशस्वीको कीर्तिमान अर्धशतकमा कोलकाता पराजित

यशस्वी जैसवालले इन्डियन प्रिमियर लिगको इतिहासमै सबैभन्दा तीव्र गतिमा अर्धशतक बनाएपछि राजस्थान रोयल्सले बिहीबार कोलकाता नाइटराइडर्सलाई सजिलै नौ विकेटले हराएको छ । उनले ६ चौका र ३ छक्का प्रहार गर्दै १३ बलमै अर्धशतक पूरा गरे ।

त्यसअघि केएल राहुल र प्याट कमिन्सको नाममा १४ बलमा ५० रनको कीर्तिमान थियो । यशस्वी ९८ रन बनाएर नटआउट रहँदै राजस्थानले १ सय ५० रनको लक्ष्य ४१ बलको खेल बाँकी छँदै पूरा गर्‍यो ।

राजस्थानका लागि अर्का नटआउट ब्याटर सन्जु सामसनले ४८ रन बनाए भने टिमले एक विकेटमा १ सय ५१ रन बनायो । त्यस अगाडि कोलकाताले आठ विकेटमा १ सय ४९ रन बनाएको थियो ।

सम्बन्धित् समाचार