गृहपृष्ठ Featured ११ वर्षपछि साउथएम्पटन रेलिगेसनमा !

११ वर्षपछि साउथएम्पटन रेलिगेसनमा !

काठमाडौं ।

१ सय ३० वर्षभन्दा लामो इतिहास बोकेको साउथएम्पटन अन्ततः इङ्लिस प्रिमियर लिग फुटबल तालिकाबाट रेलिगेसन (तल्लो डिभिजनमा झरेको) मा परेको छ । प्रिमियर लिगको शनिबार राति सम्पन्न खेलमा फुलहामसँग २—० गोलले पराजित भएसँगै साउथएम्पटन रेलिगेसनमा परेको हो ।

लगातार ११ वर्ष प्रिमियर लिगको माथिल्लो डिभिजनमा बसेर साउथएम्पटन रेलिगेसनमा परेको हो । साउथएम्पटन आफ्नो पछिल्लो खेलमा घरेलु मैदानमै पराजित भएको हो । उक्त खेलमा फुलहामले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ४८औं मिनेटमा फुलहामका लागि कार्लोस भिन्सियसले पहिलो गोल गरेका थिए । ७२औं मिनेटमा अलेक्जेन्डर मित्रोभिचले दोस्रो गोल थपेका थिए । खेलका क्रममा रेफ्रीलाई धकेलेको आरोपमा ८ खेलको प्रतिबन्ध भोगेर उनी पहिलो पटक मैदानमा ओर्लिएका हुन् ।

साउथएम्पटनले हालसम्म ३६ खेलबाट २४ अंक जोडेको छ । जारी सिजनको लिगमा साउथएम्पटनले अब २ खेलमात्र खेल्न बाँकी छ । बाँकी दुबै गोलमा विजयी भए पनि साउथएम्पटनको ३० अंकमात्र पुग्छ । जबकी तालिकाको १८औं स्थानमा आसिन लिड्स युनाइटेडकै ३१ अंक छ ।

सम्बन्धित् समाचार