गृहपृष्ठ Featured पाल्पाको तिनाउमा माछा मार्ने क्रममा बेपत्ता युवक मृत अवस्थामा फेला

पाल्पाको तिनाउमा माछा मार्ने क्रममा बेपत्ता युवक मृत अवस्थामा फेला

पाल्पा ।

पाल्पाको तिनाउ गाउँपालिका–१, कचलस्थित आरखोदी खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

स्थानीय ३२ वर्षीय भुपाल सुनारी सोमबार मृत अवस्थामा भेटिएका हुन् । शनिबार आरखोदी खोलामा माछा मार्दै दोभानमा पुगेका सुनारी बेपत्ता भएपछि प्रहरीमा जाहेरी परेको थियो ।

उनीसँगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन पुनले सुनारी हराएको जानकारी प्रहरीमा दिएपछि खोजतलास गर्दै जाँदा खोलमा ढुंगाको खोंचमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

सुनारीले लगाएको कपडा र चप्पल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । सुनारी शनिबारदेखि बेपत्ता भएका थिए ।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी चौकीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित् समाचार