काठमाडौं ।
थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा परीक्षण भएका ११६७ नमूनामध्ये ३४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३४ जनामा संक्रमण पुष्टि भएको हो। आज २३ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय संक्रमित ८९ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ६७० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।








