काठमाडौं ।
सरकारले हिमाल बचाउ अभियान सुरू गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशमा जलवायु संकटले उत्पन्न जोखिमबारे संवेदनशीलता जगाउन सञ्जाल बनाउने उल्लेख गरे ।
उनले जलवायु परिवर्तनको संवेदनशीलता जगाउन र क्षतिको पुनरभरणको लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सञ्जाल निमार्ण गर्न पहल गर्ने घोषणा सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।








