गृहपृष्ठ Featured चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

चितवन ।

पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-५  पानीधारामा मंगलबार दिउँसौ पौने ४ बजेतिर बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस अनियन्त्रित भएर पल्टेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।

घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेजमा, ३ जनाको कुरिनटारको स्थानीय अस्पतालमा र १ जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सम्बन्धित् समाचार