नवराज बेल्वासे
‘हामी सेवा गछौँ’ भन्ने मुल भाव राखी सामाजिक क्षेत्रमा सक्रिय रहेको लायन्स क्लव अफ कपिलवस्तु ३२५ पि नेपालले एकै दिन ६ ओटा कार्यक्रम सम्पन्न गरेको छ ।
२०२२/२३ को कार्यकाल करिब सकिने अवधिमा २०२२/२३ ले एकै दिन ६ ओटा कार्यक्रम सम्पन्न गरि असम्भव कुरा केहि पनि हुदैन् भन्ने उदाहरण दिएको छ । उसो त लायन्स कपिलवस्तु २०२२/२३ ले नेपालमा पहिलो पटक साइकल प्लाङक ब्यालेन्स को आयोजना गरेर देशभर आफ्नो छाप छाडिसकेको छ ।
यि हुन् क्वलले एकै दिन गरेका ६ ओटा कार्यक्रम :
कपिलधामधामलाई लायन्स पार्क हस्तान्तरण
लायन्स क्लव अफ कपिलवस्तु ३२५ पि नेपालले कपिलवस्तु स्थित वाणगंगा नगरपालिका ९ स्थित कपिलधाममा मा निमार्ण सम्पन्न गरेको लायन्स पार्कको आज विविध रुपमा धामलाई हस्तान्तरण गरेको छ । लायन्स क्लव ३२५ पि का डिस्टिक गर्भनर नवराज न्यौपानेको प्रमुख आथितियतामा उक्त पार्क कपिलधामलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा कपिलधाम आरोग्य मन्दिरका अध्यक्ष शंकर प्रसाद आचार्यको उपस्थिति रहेको थियो । साथै आचार्यले पार्क धामलाई जिम्मेवारी दिएता पनि पार्कलाई दुबै पक्ष मिलेर संरक्षण गर्नु पर्ने बताउनु भएको छ । क्लवका अध्यक्ष राम शुभागे थारुले पार्क धामलाई हस्तान्तरण गरे पनि लायन्स कपिलवस्तुले समय समयमा यसको संरक्षण र रेखदेख गर्ने समेत बताउनु भएको छ ।
डिस्ट्रिकको नेतृत्वमा क्लव भिजिट कार्यक्रम सम्पन्न
आजै लायन्स क्लव अफ कपिलवस्तुले डिस्ट्रिक टिमलाई क्लव भिजिट गराएको छ । क्लव सचिवालय बैरीयामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा लायन्स क्लव ३२५ पि का डिस्ट्रिक गर्भनर नवराज न्यौपानेले क्लवलाई थप बलियो बनाउनु पर्ने र सम्रग रुपमा २०२२/२३ उत्कृष्ट रहेको बताउनु भएको थियो ।
६ महिने कम्प्युटर तालिमको समापन
लायन्स क्लव अफ कपिलवस्तुले वाणगंगा नगरपालिकाका ११ ओटा वडाबाट ४५ जना विद्यार्थीहरुका लागि ६ महिने नि।शुल्क कम्प्युटर तालिमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रम आज विविध रुपमा समापन समेत गरेको छ । समापन कार्यक्रममा तालिम लिएकाहरुलाई प्रमाण–पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा तालिमले आफुहरुलाई सिपमुलक बनाएको भन्दै लायन्स कपिलवस्तु सर्धै आफ्नो मन, मतिष्कमा रहने विद्यार्थीहरुले बताएका थिए ।
लायन्स खेम-सावित्रा अध्यकोष छात्रवृत्ति बितरण
क्लवका पुर्व अध्यक्ष धातानन्द भुसालले स्थापना गरेको खेम सावित्रा अध्यकोषको छात्रवृत्ति आज वितरण गरिएको छ । जिल्लाको वाणगंगा नगरपालिका स्थित बैरीयामा रहेको मायादेवी रिर्सोटमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ । नगरका ६ ओटा विद्यालयबाट १२ जना विभिन्न विधामा उत्कृष्ट रहेको विद्याथीका लागि छात्रवृत्ति वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यकोष दाता भुसालले सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र नभई निजि विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि पनि छात्रवृत्तिको व्यवस्था गरिएको थियो । कार्यक्रममा भुसालले भन्नुभयो निजिमा पढ्ने विद्यार्थीहरुको पनि आर्थिक अवस्था बलियो छ भन्ने अवस्था नरहेकोले सबै क्षेत्र हेरेर मात्र छात्रवृत्ति वितरण गरेको बताउनु भएको थियो ।
विद्यार्थीहरुलाई नगद सहित सम्मान पत्र पनि वितरण गरिएको थियो ।
लायन्स ३२५ पिको वर्ष २०२३/२४ को नेतृत्वलाई शुभकामना तथा सम्मान कार्यक्रम
लायन्स क्लव अफ कपिलवस्तुले लायन्स क्लव ३२५ पिको वर्ष २०२३÷२४ को इलेक्ट डिस्ट्रिक गर्भनर अर्जुनमान सैंजु नेतृत्वको टिमलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ । लायन्स कपिलवस्तुले यसरी एकै दिन ६ ओटा कार्यक्रम सम्पन्न गर्दा आफुहरु सोच्नै नसक्ने भएको इलेक्ट गर्भनर सैंजुले बताउनु भएको थियो ।
लायन्स स्थापना दिवस
यसै बिच लायन्स क्लव अफ कपिलवस्तुले लायन्स अन्तराष्ट्रिय स्थापना दिवस समेत मनाएको छ । २०२२/२३ को डिस्ट्रिक टिम र २०२३/२४ को इलेक्ट टिम सहित अन्तराष्ट्रिय लायन्स स्थापना दिवस मनाएको छ । लायन्स अन्तराष्ट्रिय सन् १९१७ जुन ७ बाट सुरुवात भएको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुले कपिलवस्तुमा अमेरिकामा हुन् गईरहेको अन्तराष्ट्रिय सम्मेलनबाट नयाँ लायन्स समेत स्थापना गर्ने भएको छ । लायन्स क्लव अफ कपिलवस्तुको संरक्षणमा रहने गरि अमेरिकाको बोस्टनबाट नयाँ लायन्सको जन्म हुने पक्का भएको छ । अन्तराष्ट्रिय सम्मेलनमा लायन्स कपिलवस्तुको समेत सहभागिता रहने छ ।
सम्रग आयोजित कार्यक्रममा लायन्स ३२५ पि नेपालका डिस्ट्रिक गर्भनर नवराज न्यौपानेको प्रमुख आथितियता रहेको कार्यक्रममा प्रथम गर्भनर अर्जुनमान सैंजु, द्धितिय गर्भनर पुरुषोत्तम भक्त प्रधानङ्ग विशिष्ट आथितिया, रिर्जन जोन चियर पर्सन सुरेन्द्र घिमिरेको आथितियता, लायन्स क्वल अफ दिदि बहिनी, लियो क्लव अफ कपिलवस्तु र शुद्धोदन, विभिन्न विद्यालयहरुका शिक्षकहरुको उपस्थिती रहेको थियो ।
लायन्स क्लव अफ कपिलवस्तु २०२२/२३ का अध्यक्ष राम सुभागे थारुको अध्यक्षता, प्रथम उपाध्यक्ष ओम प्रकास घिमिरेको स्वागत मन्तव्य तथा सचिव शान्तराज गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








