गृहपृष्ठ Featured पाल्पा लैजाँदै गरिएको एक ट्रक अवैध मल बरामद

पाल्पा लैजाँदै गरिएको एक ट्रक अवैध मल बरामद

बुटवल ।

पाल्पा लैजाँदै गरिएको एक ट्रक अवैध मल बरामद भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी कालिगण्डकी करिडोर खण्डमा प्रहरीले अवैध मल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार नवलपरासीबाट पाल्पातर्फ लैजाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट ३७२ बोरा अवैध मल बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी  डिएसपी  वीरेन्द्र थापाका अनुसार २ लाख ९७ हजार ६ सय मूल्य बराबरको मल बरामद गरिएको बताए । अवैध मलसहित चालकलाई समेत नियन्त्रणमा लिएका छ ।

बरामद मल र चालकबारे प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

सम्बन्धित् समाचार