गृहपृष्ठ Featured बाँकेमा गर्मीका कारण सर्पदंशका बिरामी बढ्दै

बाँकेमा गर्मीका कारण सर्पदंशका बिरामी बढ्दै

बाँके ।

अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् ।

गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् ।

दैलेखका माधव आचार्यलाई कोहलपुरमा वैशाख ३१ गते करेट नाम गरेको सर्पले टोकेपछि उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराए । रोजगारीका लागि भारत जानका लागि यहाँ आएका ३७ वर्षीय आचार्यलाई आफन्तको घरमा राति भुइँमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो ।

अस्पतालमा १४ दिन आईसीयू र दुई दिन वार्डमा बसेर उनले उपचार गराएको उनका बुबा हेमलाल आचार्यले बताए ।

सम्बन्धित् समाचार