“अप्रकाशित कथा”
-सोतन्त्र नेपाल
सुत्ने बेला कवी नवराज पराजुलीको ” सगरमाथाको गहिराइ” शिषकको कविता सुनेर सुतेको थिए। खै सुतेको पनि के भन्नु र ? म निदाए कै थिएन भोली बिहानै भालेको डाको सँगै घर छोडेर हिंड्न् थियो। घर छोड्ने हिम्मत म मा नभएको होइन तर घर छोड्ने बेलामा आमाको आँखामा हेर्न सक्ने शक्ती मलाई इश्वरले प्रदान गरुन भन्दै पुकारी रहेको थिए रातभरी। जन्मिदै राहदानी लिएर जन्मिनु पर्ने देशको नागरिक विरताको ईतिहासहरु पढ्दा हामी भन्दा भाग्यमानी कोही छैनन संसारमा लाग्छ तर देशको राजनीतिक अस्थिरता र अस्तव्यस्त परिस्थितीको शिकार बनी रहेका म र म जस्ता युवाहरु लाखौंमा छौ। जो हातमा हरियो राहदानी, दराजमा शैक्षिक प्रमाणपत्र र तिर्नुपर्ने ॠणको तमसुक सिरानीमुनी राखेर प्रत्येक रात सुस्केरामा कटाउने गरेका हुन्छौ। आज पुष १६ गते आइतबार, हिड्न त म हिजो नै चाहेको थिए काठमाण्डौ त्यसैले रात्रीबसको टिकट काट्न नै आटेको थिए तर आमाले भन्नु भयो ” बाबु आज चाडको दिन, शनीबार अशुभ बार पनि हो, भोली बिहान गए हुदैन र ?” विश्वास मलाई तिथी र मीतीमा भन्दा पनि आमामा लायो त्यसैले आज ।१६ गते नै हिंड्ने निर्णय गरेको थिए। नजिकका साथीभाइलाई हिजो नै बिदाइ गरिसकेको थिए । बिदाइको हात हल्लाउन मेरो लागि सहज थिएन हिंड्ने बेलामा र मलाई चिन्ने जान्ने सबैलाई म बिदेशीन लागेको खबर गर्न मन लागेन। किनकी मलाई थाहा छ म बिदेशिन खबर पाएपछी जो कोहिले पनि भन्ने थियो ” त जस्तो मान्छे बिदेश जाने होइन यही केही गर्नुपर्छ ” भनेर तर म जस्तो मान्छेले यहाँ के गर्नुपर्छ भन्ने कुरा कसैले कहिल्यै बताएनन त्यसैले म जस्तो मान्छेहरु बिदेसिनुको कारण म जस्ता मान्छेहर्लाई मात्र थाहा छ। देशको बिभिन्न भागमा पढाइ तथा रोगजारको शिलशिलामा बसेका हामी ५ जना साथीहरु मिलेर अनलाइन मिडिया सञ्चालन गरेका थियौ बिगत १ बर्षदेखी। सामाजिक प्रतिष्ठा पनि राम्रै थियो तर तर प्रतिष्ठाले पेट नभरिदो रहेछ। पेट भर्नका लाई पिठो चाहिने, पिठोको लागि पैसा र पत्रकारिताबाट प्राप्त हुने पैसाले पेट भर्न पनि धौधौ भाईरहेको थियो।त्यसैले चुपचाप बिदेशिदै थिए।
मोबाइको घडीमा ५.१५ बजेको थियो जुरुक्क उठे र उठ्न साथ बाथरुम छिरे नुहाइ,धुवाइ गरे । म चाहन्थे म हिंड्ने बेला कसैले थाहा नपाउन तर जाने तर्खर गर्दागर्दै आमा कोठा भित्र छिर्नु भयो। हिजो राती म मात्र होइन आमा पनि सुत्नु भएको रैनछ । मेरो आँखा भन्दा पनि राता भएका थिए आमाका आँखाहरु । मेरो अनिदोले आमाको आशुले। आमाको हातमा प्लेट र प्लेट माथि रोटी तरकारी थियो। प्राय जसो खाने बेलामा म आमालाई दङ्लाउने गर्थे तर आज आमाले खा नभन्दै प्लेट समाते र चुपचाप खान थाले । थाहा थिएन फेरी यो अवसर कती बर्षपछी जुट्ने हो। रोटी तरकारी खाइ सकेर घर बाहिरको धारामा हात धुन निस्किदै थिए धारामा दिदिले मुख धुदै थिइ। प्राय : ढिलो उठेर आमाको गाली खाने दिदी आज एकबिहानै उठीसकेकी थिइ। परदेशिदा जती परदेशीनीलाई पिडा हुन्छ त्यती नै पिडा हुदो रैछ घरका अन्य सदस्यहरुलाई पनि यो कुराको महसुस धारामा दिदीलाई देखेपछी गरे। हिंड्ने बेला आमाले टिका लगाइदिनु भो र दही खुवाइदिनु भयो मैले शिर निहुराएर ढोग गरे आमा र दीदीलाई । आमाले आशिर्वाद दिदै भन्नु भयो ” बाबु पूजा कोठामा गएर भगवान,कुल र पित्रीलाई धुप बत्ती बालेर जाउ यात्रा शुभ हुन्छ” मैले आमले भने जस्तै गरे तर प्रार्थनामा मैले यात्रा शुभ होस् भनेर होइन म फर्केर आउँदा मेरो परिवार स-कुशल देख्न पाउ भनेर मागे भगवान सँग।
मोबाइले हेरे ६:२० हुन थालेको थियो बुटवलबाट काठमाण्डौको लागि जाने winger गाडी ७:१५ मा आइपुग्थियो राजमार्ग चौरहा अझै पनि करीब-कारीब एक घण्टा नै थियो मसंग तर म चाहन्थें हिंड्ने बेला छरछीमेकले पनि थाहा नपाउन त्यसैले झोला टिपे ल हिंडे है राम्ररी बस्नु भन्दै आफु हिंड्न लागेको जानकारी गराए आमालाई। दिदी मलाई गाडी चढाउन राजमार्ग चौरहा सम्म आउन चाहन्थी तर मैले पर्दैन भनेर दिदीलाई आउन दिइन । भाईको कोठा खोले भाई निदाइ रहेको थियो शायद राति अबेर सम्म फेसबुक चलाएको हुनुपर्छ डाटा अफ गर्न भुलेछ म्यासेन्जरमा म्यासेज आएको नोटिफिकेसन आइरहेको थियो। भाईको निन्द्रा बिथोल्न मन लागेन त्यसैले उठाइन। बालाई खोकि लागेको थिएन ठिकै हुनुहुन्थ्यो हिजो सम्म तर एक्कासी खोकेको जस्तो आवाज निकाल्नु भयो आफ्नो कोठाबाट। बा’को त्यो नक्कली खोकीको आवाजले मलाई शुभ यात्रा भनीरहेको थियो। आमाको माया आँखामा देखे बा’को खोकीमा। मन त बा’लाई पनि थियो कि हिंड्न् बेला मलाई आशिर्वाद दिने तर मन भन्दा धेरै डर थियो कतै म टुट्छु छु कि भन्ने ? बा’लाई डर थियो मैले जवर्जस्ती लुकाएर राखेको आशुहरुले धर्म छोडिदिन्छन कि हन्ने त्यसैले बा कोठाबाट बाहिर आउनु भएन मैले यही अनुमान लगाए। अन्तिम पटक गए है भन्दै घरबाट निस्किए बुवाले झन ठुलो निकाल्नु भयो खोकेको जस्तो आवाज शायद यही नै थियो बा’को तर्फबाट मेरो लाई आशिर्वाद र कामना। झोला घिसार्दै लागे बुटवल स्थित राजमार्ग चौराहा जहाँबाट म काठमाण्डौ जाने गाडी चढ्नु थियो। घरबाट चौरहा सम्म पुग्न १० मिनेट जती लाग्थियो ५ मिनेट अगाडि जतीमा केही कुकुरहरुले बाटो छेकेर भुक्न थाले। मलाई देखेर भुके वा झोलालाई अनुमान लगाउन सकिन मन-मनले भने राज्यबाट लुटिएर, बिदेशमा जवानी लुटाउन जान लागेको म जस्तो पीडितलाई देखेर के भुक्छौ ? राजमार्ग चौरहा आइपुग्दा करिब ।६:३० भएको थियो। चौरहामा हातमा लौरी बोकेका केही सुरक्षाकर्मीहरु सुरक्षार्था खटीरहेका थिए, आसपासमा ३ वटा चियाको ठेलामा पसलेले चिया बनाउदै थिए। मर्निङ वाक गर्नेहरु चिया पिउदै थिए। सुरक्षाकर्मीहरुलाई देख्दा यस्तो लाग्यो। पीडितलाई न्याय दिलाउने पनि तपाईंहरुकै काम मध्यको एक काम हो तर आज तपाईंहरुकै अगाडि राज्यबाट पिडीत भएको एक युवा रातो टिका लगाएर उब्बिरहेको छ तर पनि तपाईंहरु मौन हुनुहुन्छ शायद त्यसैले नै भन्ने गरिएको होला “कानुन अन्धो हुन्छ” । यि बिचारहरुलाई मनमै सेलाएर म पनि नजिकै गए चियाको ठेलाको र पर पर सम्म हेरे कोही छ कि मलाई चिन्ने भनेर तर कोही देखिन पसले दाईलाई ” दाई चिया पिउन ” भन्न साथ पाकिरहेको चिया खनाउन थाले गिलासमा मैले सानो स्वरमा चुरोट छ भनेर सोधे, सोध्न नपाउदै बट्टानै तेर्साइदिए म तिर पसले दाईले। एउटा निकालेर सल्काए। कारण यही थियो मैले घरबाट हिंड्ने बेला दिदीलाई आफुसंग आउन नदिएको। तातो-तातो चिया पिउदै उडाउदै थिए धुवा र संगै आयु पनि । मोबाइलमा घण्टी बज्यो मनिषले फोन गरेको रहेछ। मनिष अर्थात मेरो साथी जो हामीले सञ्चालन गरेको अनलाईन मिडीयाकै एक सदस्य थियो। पुन : शुभ यात्रा भन्न फोन गरेको रहेछ पहिलो शुभ यात्रा त हिजै ग्रहण गरेको थिए उसले दिएको घडी उपहार सहित। उसले दिएको घडी यती प्यारो लाग्यो कि हातमा लगाउदा पानी छिर्ने र बिग्रिने डरले झोलामा राखेको थिए। यतिकैमा ७:१० भैसकेको थियो। केही समयमै winger आयो ६२९५ नम्बरको। चिया पसले दाईलाई १०० रुपैया दिएर थप ३ वटा चुरोट र एउटा सलाई लिए पसले दाईले पैसा फिर्ता गरेनन ५ वटा नेहा ” मिठो सुपारी” दिए। ४ वटा चुरोट, एक कप चिया, एक सलाई र ५ वटा नेहाको १०० रुपैया खै कसरी भयो भनेर पनि सोध्न भुलेछु बुटवल कटेपछी बल्ल याद आयो। बुटवल -काठमाण्डौ को रुटमा चल्ने Winger गाडीमा सह-चाकल प्राय हुँदैनन चालकले नै सबै काम गरिरहेका हुन्छन। ढोका चालक दाईले खोलीसकेका थिए म गाडी भित्र छिरे। छिर्ने बित्तिकै चालक पछाडिको सिटमा सेतो कुर्ता सर्वाल माथि पातलो खाले कालो स्वेटर लगाएकि एुउती अन्दाजी २४,२५ बर्ष कि केटी बसेकी थिइन मेरो सिट ढोकै निरको थियो। उनको र मेरो सिट बिचमा २ वटा सिट खाली नै थिए बाँकी सबैमा यात्रुहरु बसिसकेका थिए। उनिलाई देख्न साथ उनको सिट सँगै टासीएको सिटमा गएर टासिएर नै बस्न मन थियो तर त्यत्रो आट थिएन त्यसैले मेरो सिट संग टासिएको सिटमा बसे आफ्नो सिट छोडेर,अब उनी र म बिचमा केवल एउटा मात्र सिटको दुरि थियो मेरो बाँया तिर एउटा सिट अनी ढोका थियो उनिको दाँया तिर झ्याल थियो उनी झ्याल बाहिर हेरिरहेकी थिइन। winger केही बेरमै देवदह स्थित खैरेनी चोक आइपुग्यो। चोकबाट अन्दाजी ६०,६५ बर्षको बृद्द गाडीमा चढे म उनको सिटमा बसिरहेको थिए । उनीलाई देख्न साथ सिट छोडिदिए तर उन्को सुर्ती खाने बानी रैछ बेलाबेलामा थुकीरहने पर्ने हुनाले ढोका तिर नै बस्न चाहेको कुरा बताए ।वास्तमा मैले पनि चाहेको यही थिए तर मनमा एउटा डर अझै थियो कि अझै खाली रहेको एउटा सिटमा को आउने हो भनेर ? त्यसैले चालकलाई सोधे ” दाई अरु कोही छ कि नाइ चढ्ने भनेर ” चालकले एउटा सिट खाली भएको दु:ख व्यक्त गर्दै छैन सर भन्ने जवाफ दिए म भित्र भित्रै खुशी थिए चालकको दु:खमा होइन उनी र म बिचको त्यो खाली सिट खाली नै हुने भयो अर्को प्यासेन्जर नपाउदा सम्म भन्ने कुराले । गाडी सुनवल आइपुगेको थियो। ” दाई गीत लगाउनुस् न ” भन्दै आग्रह गरिन उनले चालकलाई उनी अर्थात सेतो कुर्ता सरवालवाली ।
” मेरो मोबाइलको मेमोरी कार्ड बिग्रेको छ बहिनी तपाईंसंग छ भने दिनुस् ” भन्दै चालकले मेमोरी मागे उनी सँग म चुपचाप थिए। मैले दाइ भनेर सम्बोधन गर्दा सर भनेर सम्बोधन गर्ने चालकले उनिले दाई भनेर सम्बोधन गर्दा बहिनी भनेर सम्बोधन गरे। चालकहरुले राम्रो केटी देख्न साथ लाइन हान्छन भन्ने सुनेको थिए धेरै जनाको मुखबाट तर आज महसुस भयो कि चालकहरुले होइन चालक पेशा गर्ने मध्यका केही चालकले गर्दा हुन, मान्छे सबै उस्तै कहाँ हुन्छन र ? गाडीभित्र गीत बजिरहेको थियो रातभरी नसुतेको म कती बेला निदाएछु पत्तै पाइन एक्कासी झस्किए जब अरुणखोला पुल भन्दा अगाडिको बिच जङगलमा पुगेर हामी यात्रा गरिरहेको गाडीको पछाडी पट्टीको टायर पड्कियो र गाडी थोरै अनियन्त्रीत भयो। यही अनियन्त्रणमै म उनको नजिकैको सिटमा पुगिसकेको थिए। उनी र म बिचको दुरी पञ्चर भएको ट्यारले हटाइदियो। गाडी रोकिने बित्तिकै सबै यात्रुहरु गाडीबाट झरे। पहिलो पटक राम्रोसँग उनको अनुहार हेर्ने मौका पाए। अन्दाजि ५ फिट ५ इन्च भन्दा धेरै उचाइ नभएकी उनी कालो चुन्नीले मुख छोप्दै गाडीको पछाडि उब्बिएकी थिइन। एकै छिनमा महेन्द्रनगरबाट काठमाडौको लागि छुटेको रात्रीबस तिब्र गतीमा हाम्रो गाडीलाई उछिनेर अगाडि बढ्यो। तिब्र गतिमा आएको बस संगसगैको हावाको बेगले झण्डै उडाएन उनले ओढेको चुन्नी।
गाडीमा चालक र म बाहेक ३५ बर्ष मुनिका र २५ बर्ष भन्दा माथिका कोही पनि पुरुष यात्री थिएनन। त्यसैले यहाँ पनि सहचालकको भूमिका मैले नै निभाउनु परेको थियो। पञ्चर भएको ट्यार बदलेर ९:३० बजे तिर हामी त्यो जङगलबाट छुट्यो र अन्दजी १२ बजे मुग्लिङ पुगी सकेका थियौ। चालकले ल खान खाउ भन्दै मुग्लिन बजारमा रहेको मुस्ताङ होटल अगाडि गाडी रोक्यो,सबै उत्रिए केवल उनी छोडेर । मन त थियो जाउ खाना खान भन्ने तर थिएन त केवल आट खाना खाएर गाडी भित्र आइपुग्दा करिब १२:३५ भएको थियो उनी बारम्बार फोन लगाइरहेकी थिइन। म चुपचाप सिटमा बसे र सबै यात्रीहरु आ- आफ्नो सिटमा। गाडी मुग्लिङबाट छुटेको केही समयमै मैले आट गरेर नै सोधे। खान किन नखानु भएको ? उमेरले त पक्कै म भन्दा सानी थिइन तर कुनै त्यस्तो सम्बन्ध थिएन कि म उनिलाई तिमी भनेर सम्बोधन गर्न सक्थे। जवाफमा उनले खान मन थिएन भन्दै मेरो प्रश्नको सही उतर दिन खोजिनन। सुरुवात गर्न पो गार्हो सुरु गरीसकेपछी निरन्तरता दिन सजिलो हुन्छ भन्ने सुनेको थिए साच्चिकै हो रहेछ। म भित्रको डर मैले सोधेको पहिलो प्रश्नबाट नै घटीसकेको थियो त्यसैले निरन्तर सोधिरहे प्रश्नहरु …..
घर कता?
के गर्नुहुन्छ ?
लगायतका प्रश्नका उतरहरु केवल एक एक शब्दमा दिइरहेकी थिइन उनले।
बुटवल घुम्न आएकी थिए
घर काठमाण्डौ
केही गर्दिन
जवाफ यत्ती मात्र।
उनका जवाफहरुले यस्तो लागिरहेको थियो मानौ कुनै हाजिरजवाफ प्रतियोगिताको सहभागी हुन ।
राम्रो मान्छे घमण्डी हुने गर्छन भनेर भन्ने गर्दछन आज उनिले प्रमाणीत नै गर्दै थिइन ।
यतिकैमा गाडी कुरिनटार आइपुग्यो । हामी भन्दा अगाडि थुप्रै गाडीहरुका लस्कर थिए। काठमाडौबाट पुर्वका लागी छुटेको र पश्चिमबाट काठमाडौ तर्फ गइरहेको गाडी कुरिनटार भन्दा अन्दाजी ५ किलो मिटर अगाडि एक आपसमा ठोकिदा २ जनाको मृत्यु र थुप्रै घाइते भएका रहेछन । यहि जानकारी प्राप्त भयो स्थानीयहरुबाट। हार्मो गाडी भन्दा ५ किलो मिटर अगाडि सम्म गाडीको जाम छ, बाटो किलियर हुँदा सम्म साझ परीसक्ने अनुमान मैले मात्र होइन गाडी भित्रका सबै यात्रािहरुले गरीसकेका थिए। त्यसैले सबै उत्रिए गाडीबाट तर उनी उत्रिनन र मलाई उत्रिन मन लागेन। मलाई उनी सँग प्रेम भएर होइन उनको नाडीमा खोपिएको ट्याटु जहाँ ” आमा ” लेखिएको थियो त्यो ट्याटुले बारम्बार हिंड्ने बेला मलाई मलिन अनुहार गराएर बिदाइ गरेकी आमालाई सम्झाइरहेको थियो । मन त थियो झोला टिपौ र फर्किउ घरतिर तर झोला भन्दा पनि गरुङ्गो जिम्मेवारीले मलाई रोकिरहेको थियो । यतिकैमा मौनता तोड्दै उनिले मलाई सोधिन
” अनी तपाईंको घर कता नि?
उनिलाई मसँग कुरा गर्ने मन भएर त पक्कै होइन तर समय बिताउने बिकल्प उनी सँग पनि केही थिएन मसँग कुरा गर्न बाहेक ।
हाम्रो एकोहोरो वार्तालाप दोहोरो हुँदै गयो मैले पनि बताउदै गए आफ्नो बारेमा….
घर बुटवल
पेशा पत्रकारीता
काठमाडौ एउटा सेमिनारको लाई हिंडेको भनेर …
झुट बोल्ने मन त थिएन तर हामी बाचेको समाजले दुबइ, कतार लगायतका खाडी मुलुकमा जाने सबै नेपाली असिक्षित हुन भन्ने जुन एउटा धारणा बनाएको छ मलाई डर थियो कि त्यही धारणा उनिले पनि बनाइन भने, भर्खरै सुरु भएको वार्तालाप क्रमिक रुपमा छोटिदै जानेछ भन्ने त्यसैले झुट नै बोलेर आफ्नो प्रतिष्ठाको उचाइ मा इट्टा थपीरहे । उनको घर काठमाडौ रहेछ, पढाइ बि बि एस् बताइन तर कुन कलेज र कुन बर्ष बताइन । मलाई पनि सोध्न मन् लागेन तर मैले पत्रकारीता मेरो पेशा भने लगत्तै “कुन कुन मिडियामा आबद्द हुनुहुन्छ भनेर प्रश्न गरिन समिक्षाले ” । हामी बिचको दोहोरो वार्तापालले बताएको थियो उनको नाम तर थर उनिले पनि बताइन र मैले पनी सोध्न चाहिन, कमसेकम यो पुस्ताका म र हामीहरुले अब जातलाई प्राथमिकता दिन हुन्न भनेर।
मैले जवाफ भने ” धेरै मिडियाहरुमा आबद्ध छु तर पत्रकारीता सुरु गरेको ujyaalolalteen.com नामक अन्लाईन बाट हो । उज्यालो लाल्टिनको नाम सुन्ने बित्तिकै समिक्षा झस्किन खै किन झस्किन त्यो बताइनन मैले सोध्दा पनि। पुन प्रश्न गरिन समिक्षाले नै ” अनी पत्रकार ज्यु, आफुले मात्र लेखेको समाचार, लेख र रचनाहरु प्रकाशन गर्नु हुन्छ कि अरुका पनि गरिदिनु हुन्छ ? मैले जवाफमा भने प्रकाशन योग्य भएका सबैको गरिदिन्छौ यदी गर्न चाहने भेटिए भने। प्रश्न गर्ने पालो पुन समिक्षाकै थियो पुन सोधिन ” मेरो पनी गर्दिनु हुन्छ”? जवाफमा मैले भने गर्दिन्छौ यदी प्रकाशन योग्य छ भने। मेरो जवाफ सुनेपछी समिक्षाले आफु सँग पनि एउटा कथा रहेको तर लेखी नसकेको र यदी प्रकाशन गरिदिने भए काठमाडौ पुगेर उपलब्ध गराउने कुरा बताइन। भोली साझ ।७ बजेको गल्फ एयरलाइनबाट कतार जादै थिए छ्न त काठमाडौमा आफन्त र साथीहरु टन्नै छन तर मलाई कसैलाई भेट्न् मन थिएन हिंड्ने बेलामा। त्यसैले समिक्षाको कथा लिने बहानामै भोलीको सिङ्गो दिन बिताउन चाहन्थे। केही नसोची अफर गरीहाले ” ल भोली बिहान १० बजे कलङकीको Cozy food land मा भेटौ न त ?कफी पिउदै तपाईं कथा बताउदै जानु म लेख्दै जाने छु । मेरो यो प्रस्ताबलाई दुई पटक सोच्दै नसोची एकैपटकमा निर्णय गरेर जवाफ दिइन समिक्षाले । होइन पर्दैन त्यत्रो दु:ख गर्न म काठमाडौ पुग्नसाथ तपाईंलाई whats app मा म्यासेज गर्ने छु हजुरकै शब्दमा योग्य भएमा प्रकाशित गरिदिनु। उनको जवाफले कता कता खिन्न लाग्यो आफ्नो प्रस्ताव अस्वीकार भएकोमा तर पनि हुन्छ हजुरको जो ईच्छा भन्दै जवाफ दिए ” म Whats app चलाउदिन, फेसबुकमा पठाउन मिल्दैन र् हजुरको के नामबाट छ फेसबुक भन्नुस त म friend Request पठाउछु भन्दै गोजीबाट मोबाइल निकाल्दै थिए त्यतिकैमा समिक्षाले पुन जवाफ दिइन फेसबुक deactivaed गरेकी छु whats app मा पठाउछु हजुरलाई काठमाडौ पुग्न साथ।
समिक्षाले मेरा प्रत्येक् अफरहरुलाई बारम्बार अस्विकार गरीरहेकी थिइन यसपाली पनि यस्तै भयो। हुन्छ भन्न पनि सकिन चुप्चाप मुन्टो हल्लाए र भने “मैले Whats app नै चलाऊदिन”। मेरो कुरा सुन्न साथ समिक्षा जबर्जस्ती हासे जस्तै फिस्स मुस्कान दिदै भनिन के भो त install गर्नुस् न ल Share it खोल्नुस् म पठाइदिन्छु। मेरो काम उनको प्रत्येक् कुरामा सहमती जनाउनु जस्तै भएको थियो अघिनै झिक्न लागेको मोबाइल झिके र share it खोले एकै छिनमा Whats App त Install भयो तर समिक्षा र म अझै जोडिएका थिएनौ। यस्पाली मलाई अत्ती भएको थियो मेरा प्रत्येक् कुराहरु अस्वीकार भएकै कारण होला मनमा एक प्रकारको रिश नै उठेको थियो त्यसैले ठाडो प्रश्न गरे। मिस whats app त install भो तर नम्बर ? के अब नम्बर पनि काठमाडौ पुगेर नै दिने विचार गर्नु भो क्या ? समिक्षाले सहजै जवाफ दिइन पत्रकार पर्नु भो त्यसैले होला बुझीसक्नु भएछ …..
काठमाडौ पुगेपछी नै म तपाईंलाई मेरो कथा पठाउने छु हजुरको नम्बर दिनुहोस् म आँफै Add गर्छु। उनको जवाफले मलाई स्तब्ध नै बनाइदियो। “नम्बर न मागेको थिए त्यो पनि हजुरकै कथा प्रकाशित गर्नको लाई तर नम्बर दिन पर्दा नि किडनी दिन परे जस्तै गर्नु भो । लौ भयो चाहिदैन तपाईंको नम्बर ” भनेर भनौ जस्तो भएको थियो तर खै किन किन रोकिए शायद म उनी संग कुनै नकुनै बहानामा नजिकिन चाहन्थे। उनको नजरमा एक असल पुरुष सावित हुन चाहन्थे त्यसैले पनि उनका प्रत्येक् कुरामा सहमती नै जनाइरहेको थिए। ल लिनुस् नम्बर भन्दै दिए आफ्नो नम्बर ९८१८१५३४११, पत्रकार भनेर save गरिन मोबाइलमा अचम्म लाग्यो मेरो नाम नै नभए जस्तै गरेर उनिले मैले बताएको मेरो पेशालाई नै मेरो पारीचय बनाइदीइन । अब बाँकी सोध्नु पर्ने केही थिएन समिक्षाले पुरै जवाफ दिसकेकी थिइन बोलौ पनि के बोलौ कहाँ बाट के कुरा सुरुवात गरौ थाहा थिएन । घडीमा २ :२० भएको थियो गाडीमा बस्दा बस्दै पट्यार लागेको थियो संग संगै चुरोटको तलतल पनि त्यसैले गाडिबाट तल ओर्लिने निर्णय गरे। मलाई थाहा थियो यदी मैले जाउ तल भने भने पनि समिक्षाले नकार्थीइन तर पनि औपचारिकता निभाउदै जाउ तल तिर केही खाउ भने जवाफ मैले अनुमान गरे जस्तै आयो चुपचाप तल झरे परसम्म पुगे। यात्रुहरु बाटै भरीथिए। केही घण्टा अगाडि देखी सुरु भएको जामले मुल्यबृद्दी पनि गराइसकेछ नजिकका पसलेहरुले बाल्टीमा पानी बिस्कुट लग्यातका फास्टफुड लिएर हिड्दै थिए। एक बोतल पानी ४० रुपैयामा। अधिकृति बिक्रेताले धेरैमा १२ रुपैयामा बिक्री गरेर खुल्ला बिक्रेताले २० देखी २५ सम्ममा बेच्ने पानी एकाएक ४० भएको थियो। पत्रकार हुँ भनेर परिचय दिएको थिए समिक्षालाई बहस गरौ किन मुल्य बढ्यो एकाएक भनेर भन्ने विचार आएको थियो मनमा तर झोला भित्रको हरियो राहदानी सम्झिए। बिरक्त लाग्यो केही बोलिन चुपचाप पानी लिए र अगाडि बढे। भोक खसै लागेको थिएन, पानी पिए र एताउता हेरेर चुरोट ताने। राजमार्ग चौरहामा ति चिया पसले दाईले दिएको नेहा मिठो सुपारी यहाँ आएर काम लाग्यो , श्वास गनाउछ कि भन्ने डरले सबै चपाए। प्रहरीको समुहले बाटो खुलाउने काम गरिरहेको थियो एक तर्फी बाटो खुलेको थियो प्रत्येक् पटक २० -२० का दरले गाडीहरु वारपार गराइरहेका थिए हाम्रो गाडीको पनि पालो आयो अरिब ५ बजे तिर।। बाटो खुलेता पनी बिच बिचमा १५,२० मिनेटको जाम पारीरहेको थियो । धादिङ पुग्दा ८ बजीसकेको थियो त्यसपछी म निदाएछु केही थाहा पाएन हिजो रातिको अनिदो र दिनभरको थकानले शरीर गलेको थियो गाडी एक्कासी काठमाडौ बसपार्क पुगेर रोकियो यात्राुहरु झर्दै थिए झोला निकाल्दै थिए म बिउँझीए धादिङ सम्म छेउमा बसेकी समिक्षा कतिबेला कहाँ ओर्लिन केही थाहा पाएन । रिस पनि उठ्यो कस्ती केटी रैछ जानेबेला जान्छु त भन्नु पर्छ नि भन्दै मनमनले रिश पोखे आखिर रिश पोखौ पनि कहाँ पोखौ कुनै माध्यम थिएन उनीलाई सम्पर्क गर्ने जब सम्म उनी आँफैले मलाई संपर्क गर्थिनन। घडीमा ९ : १५ बजेको थियो र गाडीमा गीत, शायद मेमोरी कार्ड पनि भुलेरै गैछिन। चालकलाई सोधे दाई त्यो मेमोरी कार्ड म संग अस्ने केटीको होइन र ? हो सर बैनीले पनि माग्न भुल्नु भएछ मैले पनि दिन बिर्सिएछु भनेर जवाफ दिए चालकले र उनीबाट नै पत्ता लगाए समिक्षा कलङकी ओर्लिएकी रहेछीन। समिक्षाको नम्बर आफु सँग भएको र उनीसँग भोली भेट हुने भन्दै चालकबाट त्यो मेमोरी मागे र लागे म प्राय बस्ने होटल इमेज तिर। बुटवल तिरकै दाईले सञ्चालन गरेको होटल भएका कारणले पनि म काठमाडौ आउँदा सधैं त्यही होटलमा बस्ने गर्थे। होटलको काउन्टरमा होटल सञ्चालक दाई हुनुहुन्थ्यो मलाई देख्न साथ हासेर स्वागत गर्नु भो, एकछिन काउन्टरमै राखिएका टेबलमा बसे WAITER भाईले चिया बनाएर ल्याइदिए। रुम सबै प्याक थियो तर रुम नम्बर ५०४ खाली हुँदै रहेछ १० बजे चेकआउट हुनेवाला थियो । कसैलाई पनि भेट्दिने भन्ने सोचेको थिए तर मनले मानेन व्यवहारले साथी तर नाताले भाई सुमन काठमाडौमै थियो म काठमाडौ आएको जानकारी दिए । होटलमा Wifi सेवा उपलब्ध थियो काउण्टरको दाई सँग password मागे म सधैं फेसबुक म्यासेन्जर हेर्ने गर्थे net Connection हुने बित्तिकै तर यसपाली सिधै whats app खोले मोबाइलमा Save भएका संपर्क नम्बर मध्यबाट १५४ जनाले whats App प्रयोग गर्ने रैछन। समिक्षाको म्यासेज छ कि भनेर नै चेक गरेको थिए तर म्यासेज थिएन। सुमन आइपुग्दा १० बजिसकेको थियो होटलको मेन गेट पनि बन्द गर्न लागेका थिए सञ्चालक दाइेल र रुम पनि खाली भैंसकेको थियो। मलाई भेटदा दाई भन्दै हासेर नजिक आउने सुमनको अनुहार आज मलिन थियो कारण जान्न चाहिन सुमनले सोध्नु भन्दा पहिले नै आफु बिदेस जान लागेको र भोली नै आफ्नो उडान हुने सबै जानकारी गराए। सुमानको अनुहार झन मलिन भयो तर पनि आफुलाई सम्हालेर ल दाइ उसो भए आज जमाउनुपर्छ भन्दै Drink गर्ने चाहना राख्यो सुमनले मैले सहमती जनाए र २ भेज खाना, ३ बोटल टुबोर्ग बियर, भट्ट साँधेको एक पिलेट, केही पानी र चुरोट मगाए। खान त मलाई मटन मन थियो तर सुमन भेज खान्थ्यो त्यसैले पनि दुइटै भेज खान मगाएको थिए। सुमनले मलाई झोला उचाल्न दिएन आँफै लिएर हिड्यो म भन्दा अगाडि। मलाई सुमनले औधी माया गर्थ्यो तर आज अरु दिन भन्दा पनि धेरै माया देखाएको थियो शायद भोली देश छोड्दै छ दाइले भनेर पनि होला । रुममा पुगेर लुगा चेन्ज गरे केही समय मै खान आयो सँगसंगै बियर पनि। मलाई पहिले खाना खान मन थियो तर सुमनले भन्यो दाई बियर पहिले खाउ खाना खाएपछी त बियर खानै सकिदैन। मैले पनि सहमती जनाए र हामी बियर पिउन थाल्यौ , एक बोत्तल बियर पिउदा पिउदै म लठ्ठी सकेको थिए तर सुमनलाई छोएको पनि थिएन बियरले शायद म गलेको भएर पनी होला। मैले बारम्बार मोबाइल चलाइरहेको थिए समिक्षाले म्यासेज गर्छिन कि भनेर सुमनले ख्याल गरेको रैछ। प्राय साथीभाइ सँग बस्दा सबैले मलाई गाली गर्ने गर्ने गर्दथे मोबाइल चलायो भनेर तर सुमनले गाली गर्न सकेन दाई कती मोबाइले चलाएको भन्दा कता कता मैले खल्लो बनाइरहेको जस्तो महसुस गरायो मलाई । मैले दिनभरको सबै कुराहरु सुमनलाई बताए सुमनले मेरो कुरालाई खासै सिरियस लिएन उस्ले उल्टो अर्को बोतल खोल्यो र दाई चियर्स दाइको लब परेछ भन्दै हासोमा उडाइ दियो । सुमनले राम्रा कविता लेख्छ जस्तो लेख्छ त्यो भन्दा अझै राम्रो उसको वाचन शैली छ धेरै पटक उस्का कविताहरु सुनेर म स्तब्ध भएको छु । आज उस्को कविताहरु सुन्न मन थियो अनुरोध गरे उसले पनि हुन्छ भन्दै ” रातो बाकस” शिर्षकको कविता सुनायो देश छोड्दै गरेको युवाको व्यथालाई सेमटेको कविता रातो बाकस सुमनले मेरै लागि लेखेको जस्तै महसुस भयो। प्रेममा परेर छुटेपछी नारायण गोपालका गीतहरु अरु बेला भन्दा पनि धेरै मन पराउछन रे बिछोडमा परेका प्रेमी, प्रेमिकाहरुले मलाई पनि सुमनको कविताले उस्तै बनाएको थियो। दोस्रो बोतल पनि रित्तियो ११:३० भएको थियो मेरो आँखा तिर्मिराइ सकेको थियो तेस्रो बोतल पनि हामीले पिउनै पर्छ भन्दै कर गर्यो सुमनले र गिलास भरीदियो म पिउदा पिउदै निदाएछु ।
बिहान एकैचोटी ९ बजे मोबाइलको घण्टी बज्यो २ % मात्र थियो ब्याट्री मनिषले फोन गरेको रैछ। फोन उठाए मनिष बोल्न नपाउदै सिधै भने मनिष मोबाइलेमा २ प्रतिशत छ ब्याट्री म काठमाडौ आइपुगे तलाई म एक्छिनमा फोन गर्छु यत्ती भनेर फोन काटीदिए र हतार हतार मोबाइल चार्जमा हाले । हिजो राती मगाएको खान जस्तो को त्यस्तै थियो। सुमनले अलिकती खाएर सुतेछ सुमन निदाइरहेको थियो। मोबाइलमा ८ मिसकल आएको रहेछ ३ मिसकल आमाले गर्नु भएको रहेछ ५ पटक मनिषले। म बाथरुम छिरे फ्रेश भए, सुमनलाई उठाए सुमन उठेर बाथरुम गयो म काउन्टरमा गएर चिया र नास्ता मगाए। रुममा आउँदा फेरी घण्टी बजिरहेको थियो आमाले फोन गर्नु भएको रैछ आमाको आवाजबाट नै प्रष्ट थियो मेरो फोन नउठदा उहा चिन्तित हुनुहुन्थ्यो शायद हिजोको त्यो दुर्घटनाको बारेमा थाहा पाएर पनि होला। आमालाई शकुसल काठमाडौ पुगेको जानकारी गराए र फोन राखे। एकछिन भुलेको रैछु म प्रतिक्षामा थिए हिजोदेखी समिक्षाको म्यासेजको। मोबाइलको Screen मा आएको Whats app को म्यासेजले मलाई स्मरण गरायो।
ntc को पोस्टपेड नम्बरबाट सञ्चालन भएको Whats app बाट आएको थियो। पहिले contact Add गरे र म्यासेज हेरे म्यासेज समिक्षाकै थियो । सुरुमै लेखेकी थिइन पत्रकार ज्यु,
माफि चाहन्छु मैले कथा भनेर एउटा यथार्थ पठाएकी छु, प्रकाशन लायक छ कि छैन त्यो थाहा छैन तर यत्ती विश्वास छ् कि तपाईंले लायक नै नभएता पनि प्रकाशन गरिदिनु हुने छ भन्ने किनकी मैले यो मेरो आफ्नै यथार्थबाट कसैलाई केही जानकारी दिन खोजिरहेकी छु.
पत्रकार ज्यु,
म अपराधी हुँ। अचम्म नमान्नु होला मैले साच्चिकै अपराध गरेकी छु। हिजो तपाईंले एउटा अपराधी सँग सँगै यात्रा गर्नु भयो। म त्यस्तो अपराधी हुँ जसले कानुन समक्ष आफ्नो अपराधको कबुल गरेर सजाय पनि लिन सक्दैन। शायद म जस्ता थुप्रै अपराधीहरु यही समाजमा बाचिरहेका नै होलान भित्रभित्रैबाट आफुलाई सजाय दिएर तर म प्रत्येक घडी भित्रभित्रै आफुलाई सजाय दिन सक्दैन त्यसैले पनि यो सब तपाईंलाई बताउदै छु।
मैले मेरो र उसको प्रेमको निसानीको हत्या गरिदिए। उसको अर्थात मैले माया गरेको मान्छे जसलाई म मेरो संसार ठानेकी थिए। उसको नाम यहाँ लेखेर म उसलाई बदनाम गर्न चाहदिन किनकि प्रेममा त्याग हुन्छ बदला होइन। उसको र मेरो भेट काठमाडौमा नै भएको हो। उ र म एउटै ईन्स्टिच्युटमा अध्यान गर्दै थियौ जापानीज ल्याङवयज। सपना उसको र मेरो साझा थियो जापान जाने र सुनौलो भबिस्यको निर्माण गर्ने। यही सपनालाई साकार गर्ने कोशीस गर्दा गर्दै कती बेला मन साटिछु आँफैलाई थाहा छैन मेरो ” उ” अर्थात मैले प्रेम गरेको मान्छेको शालीनता र भद्र व्यवहारले म उ प्रती यती धेरै समर्पित थिए कि आफ्नो शरीर सुम्पिन पर्दा पनि मैले कुनै अफ्ट्यारो मानिन् । जापानिङ ल्याङवयेज अध्यानकै क्रममा प्रेम सम्बन्धमा बाधियौ, जापानको प्रोसेसले निकै समय लियो तर हामी दुबै सफल हुन सकेनौ त्यसपछी नेपालमै केही गर्ने सोच राखेर निरन्तर सँघर्श गर्दै थियौ। प्रेम सम्बन्धमा बाधिएको ६ महिना पछी हामी बिच पटक पटक शारिरिक सम्पर्क पनि भयो र उसको र मेरो प्रेमको निशानीले बास गर्यो मेरो गर्भमा। जब यो कुरा थाहा पाए मैले उसलाइ सबै कुरा बताएकी पनि थिए उ यो कुराले कती पनि चिन्तीत भएन खुशीले गदगद हुँदै अब छिट्टै बिहे गर्ने कुरा बतायो आफ्नो परिवारलाई सबै कुरा बताएर घरबाट नै बिहे गर्नुपर्छ भनेर अनेकौ सपना देखायो मैले सपना देखी रहे। उ परिवारलाई सबै कुरा बताएर तिमीलाई लिन आउछु भनेर घर गयो र घरबाट फर्केर पनि आयो तर मलाई लिना होइन पारिवारिक समस्याहरु अनेकौ बताउन र बिस्तार उ टाढा हुँदै गयो मेरो संपर्कबाट बिहिन नै भयो एक्कासी, उसको प्रतिक्षामा मैले मेरो गर्वमा रहेको उसको र मेरो प्रेमको निशानीलाई सुरक्षित राख्दै ३ महिना सम्म उसकै बाटो हेरेर बिताए। तर उ म बाट साच्चिकै टाढा गएछ मसँग जोडिएका सबै थोकबाट टाढा रहयो, फोन फेसबुक इत्यादी सबैबाट। समयले निरन्तर दौडीरहेको थियो र मेरो गर्भको उसको र मेरो प्रेमको निशानीले ४ महिना काटीसकेको थियो म निकै तनाबमा थिए। एक मनले सोचेकी पनि हुँ किउसको र मेरो प्रेमको निशानीलाई जन्माएर म एकल अभिभावक भएर हुर्काउछु, आमा मात्र होइन म बा पनि बन्छु तर सोच्दा सोच्दै फेरी सोच्न थाले समाजको बारेमा आखिर मलाई बाच्नु त यही समाजमा नै पर्दछ र यो समाजले मलाई मात्र होइन मैले जन्माउने बच्चालाई पनि प्रत्येक दिन मार्ने छ बाउको नाम सोधेर, बाउ बिनाको सन्तानको नाम दिएर। कानुनमा के छ त्यो कानुनकै किताबमा सिमित छ तर यथार्थमा यहाँ एकल अभिभावक भएर जती नै गर्न खोजेपनी अन्तमा एउटै प्रश्न गरिन्छ ” बा खोइ त ? मलाई यही डरले नै कम्जोर बनायो र यो सब कुरा बुटवलको मेरो एउटा साथीलाई बताएकी थिए उसकै सुझावमा म बुटवल पुगे बुटवलबाट सुनौली नाका नजिक पर्ने र गर्भ तुहाउने औषधीहरु सहजै पाइने कुरा साथीबाट नै थाहा पाए। उसकै सहयोगमा मैले औषधी सेवन गरेर संसार नै देख्न नपाएको एउटा निर्दोषको हत्या गरिदिए। हत्या गरेपछी केही दिन बुटवल मै बसेर म काठमाडौ फर्किदा हजुरसँग भेट भो यात्रामा जुन मेरो लागि एउटा अवसर पनि थियो मैले प्रेम गरेको मान्छेलाई यो सब बताउने। किनकी तपाईंहरुले सञ्चालन गरेको अन्लाईनको उ दैनिक पाठक थियो र हो पनि। मसँग संपर्कमा हुँदा भन्ने गर्थ्यो मेरो दिनको सुरुवात यो ujyaalolalteen.com अन्लाइनका समाचार र लेख रचना पढेपछी नै सुरु हुन्छ। म संग संपर्कमा रहदा हजुरहरुको अन्लाईनका प्राय जसो समाचार,लेख र रचनाहरु उसले आफ्नो फेसबुकमा शेयर गर्ने गर्थ्यो आज उ कहाँ छ मलाई थाहा छैन तर यत्ती थाहा छ आज पनि दैनिक रुपमा हजुरहरुको अन्लाइन हेर्ने गर्दछ र पढ्ने गर्दछ उसले र यदी यो मेरो सन्देश प्रकाशित गरिदिनु भो भने उस्ले पक्कै पनि पढ्ने छ। उसले मलाई धोका दिएपनी म उसलाई दु:ख दिन चाहदिन, म चाहदिन कि उसले म कहाँ छु भन्ने बारेमा समय खर्चिएर दु:ख पाओस।
पत्रकार ज्यु,
प्रेम गर्नु र सम्बन्ध निभाउनुमा धेरै अन्तर हुदो रहेछ त्यसैले पनि मैले मेरो गर्वमा हुर्किरहेको प्रेमको निशानीलाई बचाउन सकिन। जन्म दिन र हुर्काउन त सक्थे तर यो समाजले उसलाई प्रत्येक् दिन मारिदिन्थ्यो। सधैं मर्नु भन्दा एकै पटक मर्नु नै सही लाग्यो र हत्या गरिदिए। मैले गरेको यो अपराधको मलाई अपसोच कतीपनी छैन तर पनि म अपराधी हुँ।कानुन समक्ष आत्म समपर्ण गरेर मैले सजाय भोग्न पनी सक्दिन किननी म पछाडी मेरो परिवार छ मैले भोग्ने सजाय मेरो परिवारलाई पनि दिन्छ समाजले। म मुनी दुईवटी बहिनिहरु छन उनीहरुको बिहे पनि हुन गार्हो पर्छ मेरो नाम सँग जोडेर मैले गरेको गल्तीको सजाय यो समाजले मेरो परिवारको सदस्यहरुलाई पनि दिनेछ र म यो अपराध लुकाएर बाँच्न पनि सक्दिन। यो अपराध मात्र होइन पाप पनि त्यसैले नै मैले आफुले गरेको अपराधको सजायमा आफ्नो प्राण त्याग्दै छु। म आँफैलाई मार्दै छु।
डियर ” ए ” अलविदा।
तिम्रो “पापुरे”
समिक्षाको यो कथा पढेर म झस्याङ भए, कथा भनेर पढेको थिए तर यो उनको सुसाइड नोट रहेछ जुन हाम्रो अनलाइनबाट प्रकाशित गरेर हाम्रो अनलाइनको दैनिक पाठक उनको “उ” अर्थात उनिले माया गरेको मान्छेलाई बताउन खोजिरहेकी थिइन। एकछिन दिमागले काम गरेन उनले म्यासेज गरेको नम्बरमा कल गए फोन अफ थियो। फेसबुकमा समिक्षा भनेर खोजे कतै भेटीन, Whats app मा पनि म्यासेज गरे Delivered त भयो तर seen भएन म के गरौ के नगरौ केही सोच्नै सकिन। उनकी प्रेमीको बारेमा जान्नको लागि हाम्रो अन्लाइन खोले जहाँ feature news मै उनको फोटो सहित हाम्रो समुहकै एउटा अर्को सम्बाददाता “रविन” जो नवलपरासीको हुनुहुन्थ्यो उहाले आफ्नो user बाट एउटा समाचार प्रकाशित गर्नु भएको रहेछ समाचारको अन्तयमा ” साभार भनेर ekantipur.com लेखिएको थियो र समाचारको शिर्शकमा “अपरिचित युवतीको लाश फेला”। शरिर चिस्सिएर आयो, यस्तो लाग्यो म जिवित नै छैन। हिजो सँगै यात्रा गरेको मान्छे जो सँग म नजिक हुन खोजिरहेको थिए आज उसले आफ्नो सुसाइड नोट मलाई पठाएर आफ्नै हत्या गर्यो। मैले चाहेर पनि उसलाई बचाउन सकिन। बाथरुम छिरेको सुमन भाई कोठामा आएर सुतिरहेको थियो उसलाई हिजोको बियरले अझै छोडेको थिएन तर मलाई जिन्दगीमा कहिल्यै नौत्रिने गरी झट्का लाग्यो समिक्षाको आत्महत्याले। हिजो राती मगाएको चुरोट एक खिल्ली बचेँको थियो सल्काए र अनी याद आयो मैले हिजो यात्रा गरेको Winger बाट समिक्षाले बिर्सीएको मेमोरीको। जुन आज फिर्ता गरिदिने भनेर ल्याएको थिए। कतै केही भेट्छु कि भनेर मेमोरी निकालेर मेरो मोबाइलमा हाले, सिधै gallery मा गए केही भिडियोहरु थिए तर मैले फोटो भएको फाइलमा गए जहाँ “डियर ए ” लेखिएको फोलडर खोले २५४ वटा फोटाहरु थिए उक्त फोलडर भित्र माथि माथि समिक्षाका केही एकल तस्बिरहरु थिए र तल लगभग २०, २५ वटा जती एक अर्कोको हात समाएका, काखमा सुतेका जोडी फोटाहरु थिए। समिक्षा र अरुणका, अरुण यादव अर्थात मेरो साथी जसको घर बिरगन्ज हो। जीवनको एक कालखण्डमा मैले बिरगंजमा ३ बर्ष बिताएको थिए त्यही शिलशिलामा भेटेको थिए अरुणलाई। अरुण अत्यन्तै सहयोगी भावना भएको मान्छे थियो। म उसको सधैं ॠणी छु। बिदेश जाने पक्का पक्की भएपछी केही दिन अगाडि म बिरगंज गएको थिए ठुलो दिदी र भिनाजुलाई भेटन। त्यती नै बेला मैले पुराना साथीहरुलाई पनि भेटेको थिए। संगम, असिम, प्रदिप लगायतका साथीहरुलाई र अरुण पनि काठमाडौबाट बिरगंज आएको मौका परेको रहेछ अशिमबाट अरुणको नम्बर लिएर फोन गरेर भेटेको थिए उसलाई। उसकै अनुरोधमा त्यो दिन उसको घरमा बसेको थिए म। निकै दिन देखी कुनै तनावले ग्रसित जस्तो देखिन्थ्यो अरुण, दार्ही झुस्स बढेको थियो आँखामुनी कालो दाग बसेको थियो जसले बताइरहेको थियो उ निकै दिन देखी राम्रोसँग सुतेको छैन । अरुणको सबै परिवारले मलाई राम्रोसँग चिन्नु हुन्थ्यो निकै माया गर्नु हुन्थ्यो मलाई पहिलेदेखी नै। त्यसरात खाना खाएर अरुण र म बाहिर निस्किएका थियौ घुम्न , हिडदै हामी घन्टाघर सम्म पुगेका थियौ बाटोमा उसले मलाई बताएको थियो काठमाडौमा मेरो प्रेमिका छिन अत्यन्तै माया गर्छिन म उनीसंगै नै बिहे गर्न चाहन्छु त्यसैले घरमा कुरा राखेको तर बुवा आमा मान्नु हुन्न पहाडी र मदेशीको रिती रिवाज मिल्दैन, समाजले हेप्छन आफ्नो संस्कृती र भाषा मिल्ने संग नै बिहे गर्नुपर्छ भनेर पारिवारिक दबाब दिरहनु भएको छ। बुवा मुटु रोगी हुनुहुन्छ कुनै तनाब दिन हुन्न उहालाई। म बुवाको कुरा काट्न पनि सक्दिन र मेरो प्रेमिकालाई धोका दिन पनि सक्दिन म के गरु यार भनेर मलाई सोधेको पनि थियो मैले सुझाव दिएको थिए बुवा आमालाई सम्झाउ राम्रो सँग भनेर। मैले उसको प्रेमिकाको बारेमा जान्न खोजे तर उस्ले बताउन चाहेन बिदेश जादै रहेछौ केही दिनमा म पनि काठमाडौ जान्छु र भेटाउछु तिमीसँग भनेको थियो मैले पनि चुपचाप सहमती जनाएको थियो।
समिक्षाको प्रेमी अर्थाथ मेरो साथी अरुण यादव जसलाई धोकेबाज भनेर समिक्षाले एउटा निर्दोशको हत्या गरेर आफ्नै हत्या गरेकी थिइन तर अरुणले पनि माया गर्थ्यो समिक्षालाई जसको साची स्यवम म थिए। समिक्षाले सुसाइड नोटमा आत्महत्याको कारण अरुण र यो समाज बताएकी थिइन यद्दपी कुनै सजायको अपिल नगरेता पनि तर म दोष कसलाई दिउ? अरुणलाई फोन गरे निरन्तर ५ औ पटक फोन गर्दा पनि फोन उठेन, म्यासेज गरे इमेरजेन्सी छ फोन उठाउ भनेर तर पनि फोन उठेन, अरुणको बहिनी सुश्मा जो मसँग फेसबुकमा पनि एड थिइन र सुश्मा एउटा सामाजिक सस्थामा आबद्द थिइन । २०७२ सालमा गएको भुकम्पमा उनी आबद्ध भएको सस्थाले राहात संकलन गरेको थियो जसको सयोजक सुशमाले नै गरेकी थिइन थुप्रै पोस्टहरु थिए सहयोगको अपिल सहितका जहाँ सुश्माले आफ्नो नम्बर पनि राखेकी थिइन सहयोगका लागि संपर्क भनेर त्यहि नम्बरमा फोन गरे सुश्मालाई ४ पटकमा फोन उठ्यो। बहिनी म सोतन्त्र दाई बोलेको अरुण खोइ कहाँ छन किन फोन उठाउदैनन मेरो? सुश्मा मेरो कुरा सुनेर रोइ रहिन निकै बेरसम्म मैले सोधीरहे के भयो बहिनी किन रोएको अरुण खोइ? अन्तममा सुश्माले “दाइले हिजो राती आफ्नै कोठाको फ्यानमा झुण्डिएर सुसाइड गर्नु भयो” यत्ती भनेर फोन काटीदीइन सुश्माले ।
मेरो हातबाट फोन भुइममा झर्यो निकै बेर सम्म के के भयो केही थाहा पाउन सकिन जब होस् आयो म बेडमा थिए सुमनले मेरो आँखाको अगाडि थियो हातमा पानीको बोतल लिएर बसेको थियो मेरो नै बेडमा। म पुरै भिजेको थिए। बेहोस् भएको रहेछु सुमनले पानी खनाइरहेको रहेछ मलाई उठाउन ।